बस जुध्दा १० जनाको मृत्यु, दुर्घटनामा रसियन महिला पनि

305
0
Share:

हेटौंडा, कार्तिक १५ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको बसामाडीमा शनिबार बिहान भएको दुइटा बस जुध्दा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । गम्भीर घाइते प्रीजज दाहालको चितवन मेडिकल कलेजमा उपचारको क्रमममा निधन भएपछि मृतककाे संख्या थपिएकाे हाे ।

काठमाडौंबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बस र इलामबाट काठमाडौं जाँदै गरेको बस बसामाडीमा बिहान सवा २ बजे दुर्घटना भएको हो । दुर्घटनामा ८ जनाको घटनास्थलमै र २ जनाको उपचारकोक्रममा अस्पतालमा मृत्यु भएको हो ।

image

दुर्घटनामा शुभश्रीमा सवार इटहरी निवासी शान्ता लुइँटेल तथा इलामको बसमा सवार इलामका रोशन भट्टराई, प्रविन आचार्य, सुजाता काफ्ले, मिलन अधिकारी, रक्षा श्रेष्ठ, इशा कार्की र थर नखुलेकी इलाम बरबोटेकी आस्थाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक(डीएसपी) दीपक थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार शुभश्री बसका चालकको लापरवाहीले दुर्घट्ना भएको प्रारम्भिक सोधपुछबाट खुलेको बताए । बस साहु र चालकबीच बसभित्र विवाद भएपछि चालकले बसलाई तिव्र गतिमा ल्याएका थिए । यात्रुहरुले गाडी नियन्त्रणमा चलाउन आग्रह गर्दा पनि उनले नसुनेको थापाले बताए । बस मेट्रो डिलक्ससँग ठोक्किएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा रसियन महिला डारिया मोजकोभाको पनि मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको छ ।
– प्रताप बिष्ट /Ekantipur

कमेन्ट गर्नुहोस्
Share: