फिफाद्वारा गणेश थापालाई प्रतिबन्ध

406
0
Share:

काठमाडौ, कार्तिक १८ \ विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल महासंघका पूर्व अध्यक्ष गणेश थापालाई चार महिनासम्म कुनै पनि फुटबल गतिविधिमा भाग लिन नपाउने गरी निलम्बन गरेको छ। उनलाई फिफाको एथिक्स कमिटीको अनुसन्धान निकायले १ सय २० दिनका लागि फुटबल सम्बन्धी कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

एन्फा अधिकारीहरुद्धारा थापा विरुद्ध भष्ट्रचारमा संलग्न भएको भनी निवेदन परेकोले यो निर्णय लिएको फिफाले जनाएको छ। निलम्बन नोभेम्वर ४ तारिखदेखि लागू हुने फिफाले बताएको छ।

फिफाको वेवसाइटमा राखिएको जानकारी अनुसार थापाले अव राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलको प्रशासनिक, खेल र अन्य कुनै कार्यमा तोकिएको अवधीसम्म संलऊन हुन पाउने छैनन् । उक्त कारवाही फिफा आचार संहिताको धारा ३६ अनुसार गरिको पनि उल्लेख गरेको छ । फिफाको एथिक्स किमटीले उनी माथि लागेको अनियमितता सम्बन्धी आरोपहरुको समिक्षा गरिरहेकोसमेत उल्लेख गरिएको छ ।

यसअघि गत कात्तिक ३ गते पत्रकार सम्मलेन गर्दै थापाले दुई महिनाका लागि आफू निकटकै वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता ललितकृष्ण श्रेष्ठलाई कार्यवाहक जिम्मेवारी  दिइएको बताएका थिए।

Ganesh-Thapa1-600x330

यसैबीच व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले ५८ करोड आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण अनुसन्धान विभागलाई छानबिन गर्न र छानबिनको अवधिसम्म उनलाई निलम्बन गर्न निर्देशन दिएको थियो।

‘गोल प्रोजेक्ट‘ को १७ करोड गोलमाल

एन्फाले सञ्चालन गरेको ‘गोल प्रोजेक्ट’ शंकाको घेरामा परेको छ। नेपालमा फुटबलको संस्थागत विकास गर्न अन्तर्राष्ट्रिय अनुदानको रकम व्यक्तिगत खातामा लुकाएको र शंकास्पद ढंगले खर्च गरेको भेटिएको हो। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले ४ चरणमा कार्यक्रम सञ्चालन गर्न १८ लाख डलर नेपाल पठाएको थियो।

सन् २००१ देखि २०१२ सम्म सञ्चालित कार्यक्रमबाट तत्कालीन विनियम दरअनुसार करिब १७ करोड ४८ लाख रुपैयाँ खर्च भएको हो। सबैजसो बजेट एन्फाका अध्यक्ष गणेश थापा (हाल पदीय जिम्मेवारीबाट आफैं बाहिरिएका) र उनीनिकट पदाधिकारीहरूको मिलेमतोमा खर्च भएको देखिन्छ। गोप्य रूपमा सञ्चालित आयोजनाबारे एन्फाकै अधिकांश पदाधिकारी लामो समयसम्म बेखबर थिए। ‘हामीलाई त थाहै थिएन, एन्फाको कार्यसमिति बैठकमा कहिले पनि यसबारे जानकारी दिइएन,’ एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, ‘अनियमित खर्चको हल्ला चलेको निकैपछि फिफाको वेबसाइट हेरेरमात्रै यसबारे जानकारी भएको हो।’

कमेन्ट गर्नुहोस्
Share: