शिक्षिकाको हत्या गर्ने बालकलाई जन्मकैद

495
0
Share:

काठमाडौं, कार्तिक १८ । बेलायतमा शिक्षिकाको हत्या गरेको अभियोगमा एक विद्यार्थीलाई जन्मकैद सजाय तोकिएको छ । बेलायती उच्च अदालतले १६ वर्षीय बिल कारनिकलाई त्यस्तो सजाय तोकेको हो ।

hatya-final2

उनले ६१ वर्षीया शिक्षिका एन मैगरको घाँटी र कम्मरमा चक्कु प्रहार गरी हत्या गरेको बताइएको छ । घटनाका बेला उनी १५ वर्षको मात्र रहेकोले एक वर्ष कारागारमा राखी १६ वर्षमा मात्रै अदालतले सुनुवाइ गरेको हो ।

सुनुवाइका क्रममा बिलले शिक्षिकाको हत्याबाट कुनै पश्चाताप नभएको बताएका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: