काठमाडौं, कार्तिक १८ । इराक र सिरियामा आतंवादी गतिविधि सञ्चालन गरिरहेको इस्लामिक स्टेट (आइएस)ले सञ्चारमाध्यम सञ्चालन गरेको पाइएको छ । आफ्ना गतिविधि सार्वजनिक गर्न आइएसले ‘हाउस अल आइटिज्म’, ‘अल फुरकान’ र ‘अल हयात सेन्टर’ जस्ता सञ्चारमाध्यम सञ्चालन गर्दै आएको बीबीसीले जनाएको छ ।
सन् २०१४ मा यी सञ्चारमाध्यम सञ्चालनमा ल्याइएको हो । सो समूहले अनलाइनमार्फत् नै लडाकुहरुका लागि आवेदन लिइ भर्ति गर्नेगरेको पाइएको छ। सो समूहले सञ्चारमाध्यम सञ्चालन गरेको सार्वजनिक भएपछि आइएसले भने आफ्नो अनलाइनलगाएतका केही सञ्चारमाध्यमहरुको नाम नै परिवर्तन गरेको छ ।
कमेन्ट गर्नुहोस्

