बिग न्युज पोखरा, १९ कार्तिक / पोखराको बिन्दबासिनी मन्दिर प्राङ्गणमा रहेको पुरातात्विक भवन बुधबार आगलागी हुँदा जलेर नष्ट भएको छ । राणाकालमा माल अड्डा स्थापना भएको सो ऐतिहासिक भवन झण्डै एक सय ५० वर्ष पूरानो थियो । दिउँसो २ः४० बजे सुरु भएको आगलागीले करीब २० लाखको क्षति भएको कास्की प्रहरीले जनाएको छ । पुरानो मालअड्डाका नामले चिनिने उक्त तीन तले भवनको दुई तला पूर्ण रुपमा नष्ट भएको छ भने तल्लो तलामा आंशिक Ôति भएको छ ।
करीब एक घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बगर, शसस्त्र प्रहरीबल मालेपाटन र नेपाली सेनाको नया“ गोरखगण फुलबारीबाट खटिएका सुरÔाकर्मीले पोखरा उपमहानगरपालिकाका दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए ।

ईट्टाले बनेको तथा टायलले छाएको उक्त भवनमा पोखरेली युवा सांस्कृतिक परिवारको कार्यालय रहेको थियो भने मन्दिर सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरु बस्दै आएका थिए । आगलागीमा प्रहरीले राखेको ५ थान हेलमेट, पा“च थान लाठी, ४ थान बडी प्रोटेक्टर समेत जलेर नष्ट भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केदार रजौरेले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटका अनुसार कार्यालयका दराज र केहि पुस्तकहरुमा क्षति पुगेको छ । आगलागी भएपछि भुईंतल्लामा रहेको कार्यालयबाट महत्वपूर्ण कागजात बाहिर निकाल्न सफल भएको उनले बताए । यसअघि नै संगीत प्रशिक्षण केन्द्रको सचिवालय भने आफ्नो भवन बनेपछि सरिसकेको थियो । सो भवन पुरातात्विक महत्वको भएकाले आगलागीले ठूलो क्षति पुगेको बिध्याबासिनी धार्मिक क्षेत्र विकास समितिका सचिब तीर्थ श्रेष्ठले बताए ।


