पोखरा बिश्वबिद्यालयको कामु उपकुलपतिमा बिष्णुराज तिवारी नियुक्त, आईतवार देखि काम थाल्ने

687
0
Share:

गोकुल बानियाँ , पोखरा २१ कार्तिक । भ्रष्टाचारको अभियोगमा उपकुलपति सहित पदाधिकारी निलम्बनमा परेपछि १० दिनदेखि रिक्त रहेको पोखरा विश्वबिद्यालयमा कामु उपकुलपति नियुक्त भएका छन् ।

puकुलपतिको हैसियतले प्रधानमन्त्री शुसिल कोईरालाले बिहिवार प्राध्यापक डा। बिश्वराज तिवारीलाई कामु उपकुलपतिमा नियुक्त गरेका हुन् । विश्वबिद्यालय ऐन २०५७ अनुसार पदाधिकारी रिक्त हुन आएको अबस्थामा कुलपतिको हैसियतले प्रधानमन्त्रीले विश्वबिद्यालयमै कार्यरत सिनियर प्राध्यापकलाई कामु उपकुलपतिमा नियुक्ती गर्ने प्राबधान छ ।

उपकुलपतिमा नियुक्त भएपछि बिगएफएमसंगको कुराकानीमा तिवारीले आईतवारबार कार्यभार सम्हाल्ने र विश्वबिद्यालयको नियमित काम कारबाहीलाई सुचारु गर्ने जानकारी दिएका छन् । अन्य रिक्त पदाधिकारीको नियुक्ती पनि छिट्टै गर्ने उनले बताएका छन् ।

अहिले काठमाण्डौमा रहेका उनले बिश्व्बिद्यालयमा आएर सबैको सहमति र सहकार्यको साथ काम थाल्ने बताएका छन् । उनि बिगत ४ बर्षदेखि पोखरा बिश्वबिद्यालयको स्कुल अफ अलाईड साईन्स संकायमा स्थायी प्राध्यापकको रुपमा कार्यरत थिए । प्राध्यापनमा लामो अनुभब बटुलेका उनिसंग प्रशासनिक अनुभब भने छैन ।

बिश्वबिद्यालयका उप–कुलपति खगेन्द्र प्रसाद भट्टराई सहित रजिष्टार, परिक्षा नियन्त्रक, सबै संकायका डिन अख्तियारको निलम्बनमा परेपछि बिश्वबिद्यालयको लेखा शाखा बन्द छ भने प्रशासनिक काम पनि ठप्प छ । बिश्वबिद्यालयको बोर्ड परिक्षाको परिक्षाफल प्रकाशन देखि छात्रबृति बितरण अनिश्चित बनेको छ । छात्रबृतिको लागि कार्तिक २ गतेदेखि आबेदन फारम संकलनको काम भैरहेको छ । कार्तिक महिनाभर आबेदन फारम बुझाउने समय तोकिएपनि छनौट भने अनिश्चित बनेको छ ।

छात्रबृति बितरण समितिको संयोजक बिज्ञान तथा प्रबिधि संकायका डिन डा। सुरेस प्रसाद बास्तोला भएपनि उनि अख्तियारको निलम्बनमा परेका छन् । छनौट समितिका सदस्यहरु तीनै संकायका डिन अख्तियारको फन्दामा परेकाले आबेदन संकलनको काम मात्रै भएको र छनौट भने अन्योलमा रहेको पाण्डेले बताए । त्यस्तै बिश्वबिद्यालयको बजेट, निति तथा कार्यक्रम पारित नहुदा प्राध्यापक कर्मचारीको तलब भत्ता सहित दैनिक प्रशासनिक खर्च संचालनमा कठिनाई भएको छ । बिश्व बिद्यालयको आगामी फागुनमा हुने भनिएको दिक्षान्त समारोह पनि अब अनिश्चित बनेको छ ।

नवनियुक्त उपकुलपति तिवारीले यी सबै समस्या समाधानको लागि सबैको साथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । पोखरा विश्वबिद्यालय करार प्रध्यापक संघका अध्यक्ष युवराज त्रिपाठीले विश्वबिद्यालयमै कार्यरत प्राध्यापक मध्यबाट उपकुलपति नियुक्त गरिएकोमा खुसी ब्यक्त गर्दै नया पदाधिकारीले करार प्राध्यापकको साथ र सहयोग रहने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: