अस्ताए आलोक, श्रद्धान्जलीमा भक्कानिए सेलिब्रेटी

Share:

काठमाडौं, कार्तिक २१ । आफ्नै निवासमा विहीबार साँझ मृत अवस्थामा भेटिएका नेपाली म्यूजिक भिडियो तथा चलचित्रका चर्चित निर्देशक आलोक नेम्वाङको पशुपति आर्यघाटमा आज अन्त्येष्टी गरिएको छ । निर्देशक नेम्वाङलाई अन्तिम श्रदान्जली दिन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत नेपाली कलाकारहरु पुगेका थिए । कलाकर्मीका आँखा ओभाना थिएनन्।

श्रद्धाञ्जली दिन आएका गायकदेखि नायकसम्म, उनका समकालिन म्युजिक भिडियो निर्देशकदेखि नायिका तथा मोडलहरु भाव विह्वल भएका थिए। आलोकका भिनाजु विजय लामा आउने मान्छेहरुसँग कुरा गर्दै आलोककी आमाको रेखदेख गरिरहेका थिए।

पार्थिव शरीरको मुखाकृति देखेपछि सञ्चार मन्त्री मिनेन्द्र रिजालले ुसुतिरहेको हो कि डेड बडी होु भनेका थिए।  उनको निवासबाट प्रहरीले  नोटसहित केही डायरीहरु फेला पारेको थियो। नेम्वाङको साथबाट प्रहरीले ुहरेक दिन मरेर बाँच्नुभन्दा एक दिन बाँचेर मर्न चाहन्छुु लेखिएको  कागज फेला पारेको छ ।

उनको साथबाट भेटिएको कागजमा उनले लेखेको हो होइन् परीक्षणको लागि पठाइएको काठमाडौं प्रहरी प्रमुख उत्तम कार्कीले बताए । ुदुई लाइन मात्रै लेखिएको कागज भेटिएको छु, कार्कीले भने,ुत्यो उनैले लेखेको हो कि होइन परीक्षण हुँदैछ ।ु

नेम्बाङको मृत शरीरलाई सबैभन्दा पहिले मोडल निराजन प्रधानले  राति ८ बजे देखेका थिए। निराजनका अनुसार केही दिनदेखि आलोक निकै तनावमा थिए। आलोक विगत चार महिना देखि गंगबु २ स्थित ग्राण्ड डि भिल्ला हाउजिङमा बस्दै आएका थिए । यस अघि उनी नक्सालमा एक्लै बस्दै आएका थिए ।

१७ वर्ष अघि गायक नविन के भट्टर्राईको लाखौ पटक मैले कोसिस गरेँ बोलको गीतको म्यूजिक भिडियोबाट निर्देशन यात्रा थालेका नेम्वाङले कसको आ“खा लाग्यो बरै, न बिर्सें तिमीलाई जस्ता दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका छन् । नेम्वाङले निर्देशन गरेका दुई फिल्म सानो संसार र कोहि मेरो प्रदर्शन भैसकेका छन् भने उनको पछिल्लो निर्देशकीय फिल्म अझैं पनि फागुन १५ गते रिलिज हुने तयारीमा थियो। नायिका नम्रता श्रेष्ठलाई सानो संसार फिल्ममार्फत् ठूलो पर्दामा ब्रेक दिने आलोक नै थिए।‘दशैंका बेला उसंग भेट भएको थियो त्यस पछि एक हप्ता अघि मात्र उसंग फोन मा  कुरा भएको थियो । आज यो स्थिती देख्नु पर्‍यो   लामाको भनाई छ ।

aalok Nemwang (1)

आलोकले दुई बर्ष अघि देखि निर्माण गर्ने भनिएको फिल्म जात्रालाई बिजयले पुरा गर्ने बाचा मिडिया समक्ष  गरेका  हुन । ‘ उसका सवै अधुरा सपना अब म पूरा गर्नेछु र जात्रा भन्ने फिल्म चाँडै बनाएर उसको चाहना पुरा गर्ने छु ।’  लामाले मिडियासंगको सम्बादमा भनेका छन् ।

मेघा स्टारहरुलाई एक साथ जमघट गराएर बनाईने भनिएको जात्रा फिल्मलाई आलोकले दुई बर्षअघि नै निर्देशन गर्ने तयारी गरेका थिए ।  तर ठूला कलाकारहरुलाई एउटै फ्रेममा अटाउन हम्मे परेपछि उनको सो प्रोजेक्ट निर्माणको योजना पुरा हुन नसकेको हो ।

सात सय बढि म्यूजिक भिडियो निर्देशन गरिसकेका नेम्वाङगले अमेरिकामा ६ बर्È पर्फमिङ आर्ट, थिएटर, सिनेमा र कोरियोग्राफी कोर्स गरेर फर्किए पछि नेपालमा काम गर्न शुरु गरेका थिए । आलोकको निधनस“गै यतिबेला नेपाली सा“गीतिक र फिल्मी उद्योग शोकमा डुबेको छ । सामाजिक संजालका टाईमलाईनहरु श्रद्धान्जलीले भरिएका छन् । त्यस्तै धेरैले आलोकले के कारणले आत्महत्या गरे ? भन्ने विÈय पनि अहिले निकै चासोको रुपमा हेरिएको छ ।

फिल्म अनि म्यूजिक भिडियोमा उनले धेरैजसो झरना बज्राचार्य, नम्रता श्रेष्ठ, निशा अधिकारी, मल्भिका सुब्बा, प्रियंका कार्की, आर्यन सिग्देल लगायतका कलाकारहरुस“ग काम गरे। आलोकले निर्देशन गरेका धेरै म्यूजिक भिडियो अनि फिल्महरुमा खेलिसकेकी झरना बज्राचार्यले बिहीवार बिहानै फेसबुकमा लेखेकी छिन्, ”सिर्जना र मित्रतामा हामीले धेरै वर्È बितायौ“, हामीले बिताएका ती सब पलहµ अनि आलोक सधै“ मेरो मुटुमा बसिरहनेछन्।”

झरनाले आलोकलाई सधै“ भन्न गथिनर््, ”म तिमीलाई माया गर्छु अनि केयर पनि गर्छु” र, उनले फेसबुकमा लेखेकी छिन्,”यो तिमीले पहिला पनि सुनेका थियौ“, हामी केही वर्Èदेखि स“गै छैनौ“, मलाई लाग्छ त्यो पनि तिम्रो इच्छा र स्वभावअनुसार नै थियो, यी सबलाई पनि मैले स्वीकारीसकेकी थिए“।”

अर्की अभिनेत्री प्रियंका कार्कीले लेखेकी छिन्, ”पहिलो पटक आलोक दाईलाई भेट्दा उहा“ले भन्नुभएको थियो, मस“ग धेरै कुकुर र बिरालाहरु छन्, म उनीहµस“ग नै बस्छु।” आलोक ठान्दथे कुकुर र बिरालाहरु त मिलेर नै बस्दा रहेछन्, र मान्छेहरु पनि यसैगरी बस्नुपर्छ।”

भिन्न–भिन्न प्रकारका मान्छेहµबीच पनि प्रेम हुनुपर्छ, र गरिनुपर्छ भन्ने पाठ उनीबाट सिक्नुपर्ने भन्दै प्रियंकाले लेखेकी छिन्, ”एउटा ह“सिलो चेहेराको आज यसरी दुखद् अन्त्य भएको छ।”

Pic. Filmykhabar.com

कमेन्ट गर्नुहोस्
Share: