पत्रकार सुरेन्द्र पौडेललाई अटोमोबाइलको सम्मान

298
0
Share:

पोखरा, २२ कात्तिक/पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन पोखराले नवौं वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशनको अवसरमा पत्रकार सुरेन्द्र पौडेललाई सम्मान गरेको छ । शनिबार भएको कार्यक्रममा नेपाल अटोमोवाईल डिलर एशोसिएसका केन्द्रीय अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा र एशोसिएसनका अध्यक्ष ध्रुब थापाले पत्रकार पौडेललाई सम्मान गरेका हुन् ।

surendra-poudel

पत्रकारिताको माध्यमबाट एशोसिएसनको गतिविधि प्रचार–प्रसारमा सहयोग गरेको भन्दै पौडेललाई सम्मान गरिएको एशोसिएसनले जनाएको छ । पत्रकार पौडेल पोखराबाट प्रकाशित समाधान र आर्थिक अभियान दैनिक र एबीसी टेलिभिजनमा कार्यरत छन् ।

सम्मानित भएका पौडेलले संचारकर्मीलाई उत्साह हुने गरी एशोसिएसनले सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा अटोमोबाइल क्षेत्रका समाचार लेखनमा अहिलेको सम्मानले झनै प्रोत्साहन थपेको बताए । ‘यो सम्मानले मलाई यस क्षेत्रमा कलम चलाउन थप प्रोत्साहन दिएको छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
Share: