अफगानिस्तानमा श्रृंखलाबद्ध विस्फोट, १० प्रहरीको मृत्यु

354
0
Share:

काठमाडौं, कार्तिक २४ । अफगानिस्तानमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

af1

पूर्वी अफगानिस्तानको लोगार प्रान्तमा रहेको प्रहरीचौकीमा गराइएको विस्फोटमा ७ प्रहरी मारिएका हुन् भने नागंरहार प्रान्तमा भएको विस्फोटमा ३ जना प्रहरीको मृत्यु भएको हो । प्रहरीको पोशाकमा प्रहरीचौकी पुगेका अज्ञात व्यक्तिहरुलेबम विस्फोट गराएको बताइएको छ ।

घटनाको जिम्मेवारी तालिवान विद्रोहीले लिएको छ । घटनामा थुप्रै घाइते भएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: