‘सफल पोखरा कप’ अबदेखि ‘मनकामना दर्शन पोखरा कप’

347
0
Share:

पोखरा २५ असोज । पोखरामा तेस्रो संस्करण सम्म सफल पोखरा कपको नाममा सञ्चालित फुटबल प्रतियोगिता अब मनकामना दर्शन पोखरा कपको नाममा हुने भएको छ । सफल दुध संगको तीन बर्षे सम्झौता सकिएपछि आयोजक एन्फा कास्कीले मनकामना दर्शन प्रालि सँग नया सम्झौता गरेको हो ।

मंगलवार काठमाण्डौमा आयोजित कार्यक्रममा एन्फा कास्कीका अध्यक्ष धर्मसिंह लामिछाने र मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मनकामना दर्शन प्रालिले आगामी तीन बर्षको लागि प्रायोजन गर्ने सम्झौतापत्रमा उल्लेख छ । प्रतियोगिताको मुख्य प्रयोजन गरे बापत मनकामना दर्शन प्रालिले एन्फा कास्कीलाई बार्षिक १० लाख रुपैया दिने छ । नयाँ सम्झौतासंगै प्रतियोगिताको मिति चाडैनै घोषणा गरिने लामिछानेले बताए ।

कमेन्ट गर्नुहोस्
Share: