पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ५६ जनाको मृत्यु

352
0
Share:

काठमाडौं, कार्तिक २५ । पाकिस्तानमा बस दुर्घटनामा परी ५६ जना यात्रुको मृत्यु भएको छ । दक्षिण पाकिस्तानको सिन्ध प्रान्तको खैरपुर सहरनजिक एउटा यात्रुबस र ट्रक आपसमा ठोक्किँदा अरु १० जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।

उक्त बस स्वात प्रान्तबाट कराँचीतर्फ जाँदै गरेको बताइएको छ । ७५ जना यात्रु बोकेको बस तव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
Share: