सहमतिमा नभए प्रक्रियाबाटै संविधान जारी हुन्छ : प्रधानमन्त्री

279
0
Share:

काठमाडौं, कार्तिक २६ । प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ मा संविधान जारी हुने विश्वास दोहोर्‍याएका छन् । नेपाल पत्रकार महासंघको प्रतिनिधिमन्डलसँगको भेटमा बुधबार उनले अन्तिम समयसम्म सहमतिको पहल गर्ने र नभए प्रक्रियामा गएर भए पनि तोकिएकै समयमा संविधान जारी गरिने बताए ।

sushil koirala

उनले एकीकृत एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले छलफलमै बस्न नमानेकालेसंविधान लेखन सहजतापूर्वक अगाडि नबढेको स्पष्ट पारे । संविधान मात्र नभइ सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग गठनलगायतका विषयमा समेत दाहालले छलफल गर्न नमानेको खुलासा कोइरालाले गरे ।

त्यसअवसरमा ज्ञापनपत्र बुझाउँदै महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले समयमा नै  संविधान जारी गर्न माग गरे । उनले श्रमजीवी पत्रकारको हक, अधिकार रक्षाका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: