आइएस प्रमुखको ‘अडियो’ सार्वजनिक

306
0
Share:

काठमाडौं, कार्तिक २८/ इराकले आतंकवादी समूह आइएसका प्रमुख अल बग्दादी मारिएको भन्ने दाबी गरेकै समयमा बग्दादीको ताजा अडियो सन्देशसहितको ‘टेप’ सार्वजनिक गरिएको छ । सोसल मिडियामार्फत् सार्वजनिक गरिएको उक्त अडियो सन्देशमा बग्दादीले आफू मारिएको भन्ने ‘अनर्गल’ प्रचार गरिएको भन्दै आइएसले आफ्नो कारबाही जारी राख्ने स्पष्टपारेका छन् ।

photo_photo_123

एकजना मात्रै लडाकु बाँकी रहँदासम्म पनि युद्ध जारी रहने भन्दै बग्दादीले आफूहरुको जित निश्चित भएको ठोकुवा गरेका छन् । इराकको मोसुल सहरमा गरिएको अमेरिकी हवाई आक्रमणका क्रममा ‘आफू मारिएको प्रचार गर्नु घात हो’ भन्दै उनले यसको मूल्य चुकाउने चेतावनी अमेरिकालाई दिएका छन् ।

पछिल्लो समय इराक र सिरियामा एकैचोटी आतंकवादी गतिविधि गर्दै आएको आइएसको कारबाहीमा सयौं मारिइएका छन् भने हजारौं पलायन भएका छन् । अमेरिकाले पनि आइएसविरुद्धको हवाई आक्रमण जारी राखेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: