यू १९ विश्वकप क्रिकेट खेल्ने नेपालको संभावना लगभग समाप्त

252
0
Share:

काठमाडौं, कात्तिक २८ / १९ वर्ष मुनिको विश्वकप खेल्ने नेपालको संभावना लगभग सकिएको छ । एसिसी प्रिमियर लिग क्रिकेटमा शुक्रबार अफगानिस्तानसँग पराजित भएपछि उपाधि जित्दै विश्वकपमा छनोट हुने नेपालको सम्भावनामा गम्भीर धक्का लागेको छ । अब विश्वकपका लागि उत्कृष्ट दुई उपविजेतामा परेर १६ औं टीम बन्न प्ले अफ खेल्नु पर्नेछ ।

शुक्रबार भएको खेलमा नेपाल अफगानिस्तासँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३६ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा १ सय ३४ रनको सामान्य योगफलमात्र बनाउन सक्यो ।  नेपालका लागि योगेन्द्रसिंह कार्कीले सर्वाधिक २३ र कप्तान राजु रिजालले २१ रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

01_378

अफगानिस्तान प्रतियोगिताको अपराजित टोली हो । लगातार ४ खेल जितेको अफगानिस्तान ८ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ६ अंकसहित नेपाल दोस्रो स्थानमा छ । नेपालले यसअघि तीन खेल लगातार जितेको थियो । प्रतियोगिताको अन्तिम खेलमा नेपालले शनिबार युएईसँग खेल्ने छ भने अफगानिस्तानले कुवेतसँग खेल्ने छ ।

सामान्य सुरुवात गरेको नेपालले ७.४ ओभरमा ३७ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । सन्दिप सुनार १६ रनमा आउट भए । तर, पहिलो विकेट गुमापछि दबावमा आएको नेपाली व्याट्सम्यानहरुले खेलेर खेल्न सकेनन् । ११.५ ओभरमा कुल स्कोर ४६ रन हुँदा सुनिल धमला व्यक्तिगत १७ रनमा आउट भए । नेपालले थप एक रन जोड्दा प्रेम शुन्यमै आउट भए ।

कप्तान राजु रिजालले योगेन्द्र कार्कीसँग मिलेर नेपाली पारी उकास्ने प्रयास गरे । तर, ३१.३ ओभरमा नेपालले ८१ रन बनाउँदा उनी व्यक्तिगत २१ रनमा पभेलियन फर्किए । आरिफ शेख १० रनमै आउट भए । योगेन्द्रले छैटौं विकेटका लागि शौरभ खनालसँग २५ रनको साझेदारी गरे । उनी २३ रनमा आउट हुँदा नेपालको स्कोर १२० रन गियो । थप दुई रन जोठ्दा शौरभ व्यक्तिगत १३ रनमा आउट भए भने औठौं विकेटका रुपमा आउट भएका सुशील कँडेलले खाता नै खोल्न सकेनन् ।

४४.३ ओभरमा नवौं विकेटका रुपमा इर्शाद अहमद आउट भए भने थप १ रन जोड्दा शाहीदुल्लाले अर्जुन चापागाईंको विकेट दिएपछि नेपाल १३४ रनमा आलआउट भयो । नेपाललाई सस्तैमा समेट्ने क्रममा रशिद खानले चार विकेट लिए । जिया उर रहमान र शाहिदुल्लाले २-२ विकेट हात पारे ।

कमेन्ट गर्नुहोस्
Share: