
रेम/रञ्जन पोखरा, २८ कात्तिक । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजना तथा बिग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतीमा शुक्रबारदेखि पोखरामा दोस्रो बृहत शैक्षिक मेला शुरु भएको छ । कार्तिक ३० गते सम्म चल्ने तीन दिने मेलाको नेपाली फिल्म उद्योगका महानायक राजेश हमाल र उनकी धर्मपत्नी मधु भट्टराईले संयुक्त रुपमा मेलाको उद्घाटन गरे ।
मेलाको उद्घाटन गर्दै महानायक राजेश हमालले युवापुस्ताको लागि शिक्षा निकै महत्वपुर्ण भएको बताए । ‘हाम्रो समयमा यस्ता केहि अवसर थिएनन् । यस्तो महत्वपूर्ण मेलाबाट युवाले भरपूर फाईदा उठाउनुपर्छ ।’ हमालले भने – आफ्नै थलोमा यस्ता मेला हुनु भनेको गोल्डन अपर्चुनिटी हो । पोखरेलीले गौरव गर्नुपर्ने कुरा हो । सिनेमापछि आफूलाई युवासँग समय बिताउन मन पर्ने भन्दै उनले युवाका परिस्थिति थाहा पाउँदै योजनाबारे बुझ्न मन लाग्ने पनि खुलाईहाले । विश्व ग्लोबल भिलेजको रुपमा परिणत भैसकेको अहिलेको अवस्थामा विद्यार्थीको कन्फ्युजन हटाउनका लागि पनि यस्ता खाले मेलाले सघाउ पु¥याएको उनले बताए । ‘ अहिले धेरै अपच्र्युनिटी छ, धेरै च्वाईसेस भएपछि कन्फ्युजन पनि हुने नै भयो ।’ उनले थपे– ‘यस्ता एजुकेशन फेयरले युवाको कन्फ्युजन अन्त्य गर्दै सुखद् भविष्यका लागि मागदर्शन गर्दछ ।’
उनले दक्षता अभिवृद्धिको लागि युवापुस्ताको रोजाई विदेश अध्ययन रहेको उल्लेख गर्दै राम्रोसंग बुझेर मात्रै वैदेशिक रोजाईमा जानुपर्ने सुझाव दिए । वैदेशिक अध्ययन पश्चात आफु दक्ष भैसकेपछि नेपालकै लागि त्यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष राजेन्द्र बरालले नेपाललाई शैक्षिक पर्यटनको हब बनाउने लक्ष्यसहित ईक्यान लागिपरेको प्रस्ट्याए । बरालले युवालाई विदेश पठाउन प्रेरित गरेको आरोप लाग्ने गरेकोमा यसको खण्डन गर्दै उपयुक्त वातावरण तयार पारेर नेपालको विद्यार्थीलाई विदेश अध्ययन गर्न पठाउने नभई विदेशी विद्यार्थीलाई नेपाल पढ्न आउने वातावरण मिलाउन आफु र आफ्नो संस्था नौ वर्षदेखि लागिरहेको उल्लेख गरे । ‘यहाँको रहनसहन, संस्कृति, प्रकृतिको अध्ययन गर्नका लागि राज्यले वातावरण तयार गर्ने हो भने विदेशीहरु यहाँ पढ्न आउँछन् ।’ उनले भने– ‘राज्यसँग् हजारौं विद्यार्थीहरुलाई पढाउन सक्ने स्थिति नै छैन, अर्को कुरा यहाँका शिक्षा प्रणालीले नै युवाहरुलाई विदेश जान प्रेरित गरिरहेका छन् ।’ उनले पोखरालाई पर्यटन र शैक्षिक हबको रुपमा विकसित गर्न सके निकै ठुलो संभावना रहेको औँल्याए ।
ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले पर्यटन, खेलकूद, साहित्यिक र सांगीतिक नगरी पोखरालाई अब शैक्षिक नगरीका रुपमा चिनाउन मेला सहयोगसिद्ध हुने विश्वास लिए । ‘पोखरालाई चिनाउन बाँकी शैक्षिक नगरीका रुपमा थियो । यो अभियान ईक्यान कास्कीले सुरु गरेको छ ।’ भण्डारीले भने– ‘अब यसलाई सफलतापूर्वक सम्पन्न गर्नु सबै पोखरेलीको दायित्व हो ।’ उनले पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरु वैदेशिक अध्ययनमा आकर्षित भएको बताए । विद्यार्थीहरुलाई उचित परामर्श आवश्यक रहेको ठहर गर्दै शैक्षिक मेलाको आयोजना गरेको प्रस्ट पारे । मेलाका संयोजक तथा ईक्यान कास्कीका उपाध्यक्ष डिबि गुरुङले विद्यार्थी र अभिभावकहरुले पनि मेला प्रति निकै चासो देखाएको बताए ।
मेलामा परामर्श लिनका लागि निशुल्क ईन्ट्रिको व्यवस्था गरिएको छ । मेला स्थलमा ५६ वटा स्टल र ६ वटा पेभिलियनबाट शैक्षिक परामर्शदाताहरुले विद्यार्थीहरुलाई परामर्श दिने व्यवस्था गरिएको आयोजकले बताएका छन् । मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको समेत सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।
दोस्रो बृहत शैक्षिक मेलालाई बिग एफएमले प्रस्तुत गरेको हो । मेलाको टाईटल स्पोन्सरको रुपमा ट्रिनीटि एजुकेशन फाउन्डेशन, सबटाईटल स्पोन्सरको रुपमा किङ्ग्स ईन्स्टिच्यूट रहेका छन् । मेलाको मेन स्पोन्सरको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट प्रालि रहेको छ भने सपोर्टेड बाई टाईटलमा बिकन प्रिमियर ईन्टरनेशनल एजुकेशन प्रालि रहेको छ ।
मेलाको प्रायोजकहरुमा एक्सेल पोखरा एजुकेशन कन्सल्टेन्सी, डेल्टा एडुकेयर नेपाल प्रालि, मिराकल ईन्स्टिच्यूट प्रालि, साकुरा जापनीज ल्याङग्व्वेज ईन्स्टिच्यूट, एजुकेशनल स्टडी लिंक प्रालि, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी, पोखरा थर्ड आई रिसर्च सेन्टर, अर्बिट ईन्टरनेशनल एजुकेशन, एजुकेशन पार्क र एक्सेस एजुकेशन नेटवर्क रहेका छन् । यस्तै, अफिसियल मिडियामा आदर्श समाज राष्ट्रिय दैनिक रहेको छ । तीन दिने मेलाको व्यवस्थापनको जिम्मा वान अप कम्यूनिकेशन प्रालिले लिएको छ ।

