ट्राईसाईकल सञ्चालनको अनुमति प्रदान

Share:

माधव पनेरु पोखरा, १ मंसीर / यातायात ब्यबस्था कार्यालय, पोखराले यस अघि बिबाद रहदै आएको ट्राईसाईकल सञ्चालनको अनुमति दिएको छ । यातायात ब्यबस्था बिभागले र्निदेशनात्मक आदेश दिएपछि यातायात कार्यलय कास्कीले ट्राईसाईकलको दर्ता सुरु गरेको छ । आईतबार दर्ता प्रकृया सुरु भएपछि यस अघि अनुमति बिना सञ्चालन भएका ट्राईसाईकलहरु दर्ता भएको कार्यालयले बताएको छ । हाल सम्म ४३ वटा ट्राईसाईकल साधनहरु दर्ता भएका छन ।

Cargo_Tricycle

 

यस अघि उक्त सवारी साधन अबैध भएको भन्दै यातायात ब्यबशायिहरुले अबरोध गरेपछि दर्ता प्रकृया रोकिएको थियो । लामो समयसम्म रोकिएको प्रकृया बिभागबाट आदेश आएपछि सुरु भएको हो । मोटरसाईकलको ईन्जीन तथा बोडी प्रयोग गरेर सामान ढुवानीमा प्रयोग गरिने साधन एकिकृत नेकपा (माओबादी ) का नेता गणेश रेग्मीले नेपाल भित्राएका थिए ।

बिभागको परिपत्र अनुसार ट्राईसाईललाई निजि सवारी साधनको रुपमा प्रयोग गर्ने अनुमति दिईएको छ । यद्यपि शहर एरिया भित्र भने चलाउन नपाईने गरि दर्ता गरिएको कार्यालयले जनाएको छ । हाईवयमा मात्र प्रयोग गर्न पाईने गरि दर्ता गरिएको कार्यालय प्रमुख भरत पौडेलले जानकारी दिए । बिभागको र्निदेशनात्मक आदेशमा उल्लेख भए अनुसार नै दर्ता गरिएको पौडेलले जानकारी दिए ।
यो संगै नयाँ सवारीसाधन दर्ता हुदा यातायात ब्यबशायिहरुले गर्दे आएको अबरोधलाई बिभागले अन्त्य गरेको छ । यातायात कार्यलयमा यसअघि पनि ब्यबशायिहरुको अबरोधका कारण नयाँ सवारीसाधन तथा यातायात ब्यबशायि सस्थाहरु समेत दर्ता भएर सञ्चालन हुन सकेका थिएनन ।

कमेन्ट गर्नुहोस्
Share: