
गोकुल बानियाँ, पोखरा १ मंसिर । गोदावरी फुलको प्रबद्र्धनको लागि पोखरामा सोमवारदेखि तेस्रोे क्षेत्रीय गोदावरी फुलको प्रदर्शनी तथा पुष्प ब्यापार मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन कास्कीद्धारा पोखरा सभागृहमा आयोजित मेलाको संबिधान सभा सदस्य कुमार खड्काले उद्घाटन गरेका हुन् । तीन दिन सम्म चल्ने मेलामा तीन सय प्रजातिका फुलहरु राखिएका छन् । ३० वटा स्टलमा झण्डै ३२ प्रजातिका गोदावरी फुलहरु छन् ।
पश्चिमाञ्चल क्षेत्रका ब्यबशायीक नर्सरीका कट् फ्लावर, कृषी औजार, मल, बिउ बिजनलाई मेलामा समेटिएको एसोसिएसन कास्कीले जनाएको छ । २५ लाख रुपैया कारोवारको अपेक्षा गरिएको मेलामा एक लाख दर्शक भित्रने अनुमान गरिएको छ । मेला सम्पन्न गर्न सात लाख २५ हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।
मेला उद्घाटनको अबसरमा उत्कृष्ट नर्सरी, बिधागत रुपमा उत्कृष्ट र उत्कृष्ट स्टललाई पुरस्कृत गरिएको छ । जस अनुसार गार्डेन नर्सरी उत्कृष्ट नर्सरीको साथै स्पाईडर बिधामा पुरस्कृत भएको छ ।
उत्कृष्ट नर्सरीमा दोस्रो स्थान प्राप्त गरेको पुष्पाञ्जली नर्सरीले बिधागत आधारमा ईन्टरमिडियट र रिफ्लेक्स तर्फको पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट नर्सरी तर्फ तेस्रो भएको न्यू रवि नर्सरी मिडियचर बिधा र मेलाको उत्कृष्ट स्टल समेत घोषित भएको छ । त्यस्तै श्री राम नर्सरीले सान्तोना स्थान प्राप्त गरेको छ । उत्कृष्ट नर्सरीहरुलाई सभासद् खड्काले शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरेका थिए ।
सो अबसरमा बोल्दै संबिधान सभा सदस्य खड्काले पुष्प ब्यबशायीको समस्या संबिधान निर्माण तह सम्म लैजाने उनले प्रतिबद्धता जनाए । पश्चिमाञ्चल क्षेत्रिय कृषी निर्देशक लेखनाथ आचार्यले पुष्प प्रबद्र्धन निति २०६९ जारी गरी कार्यन्वयनको चरणमा रहेकाले पुष्प ब्यबशायमा निजि क्षेत्रलाई प्रोत्साहन गरिने बताए । कृषी क्षेत्रमा पुष्प ब्यबशायले प्रोत्साहन पाउन नसकेको स्विकार्दै उनले निर्बाहमुखी परम्परागत फुल खेति पछिल्लो समय उद्योगको रुपमा स्थापित हुन थालेको बताए ।
जिल्ला कृषी बिकास कार्यालय कास्कीका बरिष्ट कृषी बिकास अधिकृत रमेश कोईरालाले कार्यालयले पुष्प ब्यबशायीको समस्या समाधानको लागि फुलबिकास कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनले फुलको प्रयोगलाई अझै बढवा दिदै पोखरामा फुलखेति बिस्तार गर्नुपर्नेमा जोड दिए ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष कुमार कसजु श्रेष्ठले पुष्प ब्बशाय बिस्तारको लागि पूर्बाधार निर्माणको खाचो औल्याए । असिना पानी छल्न सक्नेगरी पूर्बाधार तयार गर्न उनले ब्यबशायीलाई आग्रह पनि गरे । संभाबनाको क्षेत्र बिस्तार गरी लगानी प्रबद्र्धन गर्न सरकारी निकायको खाचो रहेको उनले बताए ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले मेला महोत्सबले आर्थिक कृयाकलापलाई चलायमान बनाउने भन्दै उपभोक्ता र ब्यशायीको बिचमा पुष्प ब्यापार मेलाले पुलको काम गरेको स्पष्ट पारे । एसोसिएसन कास्कीका अध्यक्ष दया कुमार द्धा को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे,स्वतन्त्र पत्रकार महासंघ नेपालका कार्यबहाक अध्यक्ष कमल पौडेल अथक लगायतले बोलेका थिए ।
फ्लोरिकल्चर एसोसिएसन कास्कीका सस्थापक अध्यक्ष वसन्त बानियाँका अनुसार बिश्वमा ६ हजार प्रजातिका गोदावरी फुल पाईन्छ भने नेपालमा ३ सय र पोखरामा झण्डै ३२ प्रजातिका गोदावरी फुल बिक्रि बितरण भैरहेका छन् । पुष्प ब्यबशायीका लागि गोदावरीको फुल हुर्काउन, बढाउन र फुलाउन जति सजिलो छ घरमा लगेर राख्नेका लागि पनि उत्तिकै उपयोगी र सहज छ । गोदावरी अन्य फुलको तुलनामा बढी समय फुल्छ ।
नेपालका ३५ जिल्लामा ब्यबशायिक फुल खेती भैरहेको छ भने ६ सय ५० भन्दा बढी उद्यमीहरु यस क्षेत्रमा छन् । तथ्याङ्क अनुसार फुलको गुच्छा बनाएर कट फ्लावर बेच्नेहरु पनि सय भन्दा बढी छन् । नेपालमा बार्षिक एक अर्ब १५ करोड भन्दा बढी फुलको कारोबार हुने गरेको छ ।

