रञ्जन अधिकारी पोखरा, ३ मंसीर/ बिग एफएमले सञ्चालन गरेको ईक्यान विशेष मेला कार्यक्रमका विजेतालाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजना तथा बिग एफएमको प्रस्तुतिमा गत कार्तिक २८ देखि ३० गतेसम्म पोखरामा संचालित ‘वृहत शैक्षिक मेला’ केन्द्रित सो कार्यक्रममा सहभागी मध्ये विजयी बनेका ५० जनालाई पुरस्कृत गरिएको हो ।
कार्तिक १८ देखि २९ गतेसम्म वैदेशिक शिक्षा तथा मेला सम्बन्धित प्रश्न सोधेकोमा सही उत्तर दिने मध्ये ५० जनालाई लक्की ड्र मार्फत छनौट गरी पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक सञ्जोक बस्यालले बताए । १२ दिनमा कूल २७ हजार श्रोताले प्रश्नको उत्तर एसएमएस मार्फत पठाएको एफएमले जनाएको छ । पुरस्कृत हुनेमा किशोरकिशोरीदेखि ६५ वर्ष कटेका वृद्ध समेत छन् ।
विजयीहरुलाई कार्यक्रमका प्रायोजक ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट, चिप्लेढुंगाका प्रबन्ध निर्देशक सन्दीप अर्यालले पुरस्कार वितरण गरे । ‘ईम्पल्स मेलाको मेन स्पोन्सर भएको कारण पनि सफल पार्न मेला प्रिजेण्टर बिग एफएमसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेका हौं ।’ अर्यालले भने– ‘कार्यक्रम अवधिभर बिग एफएम मार्फत ईम्पल्सलाई श्रोतामाझ चिनारी गरायौं । यसले संस्थालाई फाईदा भएको छ ।’ उनले आगामी दिनमा समेत एफएसमसँग विभिन्न कार्यक्रममा सहकार्य गर्न ईत्सुक रहेको बताए । मेला केन्द्रित कार्यक्रममा धेरै श्रोताले चासो व्यक्त गरेको कार्यक्रम सञ्चालक प्रज्ज्वल अधिकारीले जनाए ।
बिग एफएमका अध्यक्ष महेश भण्डारीले विभिन्न संस्थासँगको सहकार्य र साथले नै बिग एफएम यो स्थानसम्म आएको उल्लेख गर्दै यसरी नै अघि बढ्ने बताए । ‘चाडपर्व होऊन् या मेलामहोत्सव, बिग एफएम सदैव यस्ता स्रोता लक्षित ईभेण्टहरु गर्न चासो देखाउँछ ।’ भण्डारीले भने– ‘यी ईभेण्टहरु सफल हुनु सबै श्रोता र प्रायोजकको साथले नै हो ।’ कार्यक्रम संयोजक बस्यालले रेडियोले विभिन्न अवसरमा आयोजना गर्ने ईभेण्टमा सर्वाधिक श्रोताले एसएमएस गर्ने गरेको प्रष्ट पारे ।
विगत चार वर्षदेखि पोखरामा सेवारत ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूटले अहिले नयाँ मुलुक माल्टाका लागि परामर्श दिने गर्दछ । स्वीजरल्याण्ड पढ्नेका लागि परामर्श दिन सुरु गरेको ईम्पल्सले सोहि बराबरको गुणस्तरीय शिक्षा प्रदान गर्ने र अंग्रेजी भाषा प्रमुख रहेको माल्टा जान केहि सस्तो पर्ने भएकाले पनि प्रवद्र्धन गरेको जनाएको छ ।



