तरुण दलको महाधिवेशन स्थगित

Share:

३ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको मंसिर १० देखि १२ गतेसम्म हुने भनिएको महाधिवेशन स्थगित भएको छ ।
तरुण दलका काठमाण्डूमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले सार्क सम्मेलन यही बेला परेको र अधिकांश जिल्लाहरुको अधिवेशन पनि नभएकाले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको अर्को मिति आगामी केन्द्रीय समिति बैठकले तोक्ने केन्द्रीय सदस्य टेकराज पौडेलले जानकारी दिए । उनका अनुसार पुस मसान्तभित्र जिल्ला अधिवेशनहरु गरिनेछ ।
पार्टीसँगको समन्वयमा आगामी फागुनमा महाधिवेशन हुने सम्भावना रहेको उनले बताए । हालसम्म १७ जिल्लामा अधिवेशन सकिएको छ ।
तरुण दलको अध्यक्षका लागि जन्मजय रेग्मी, टेकराज पौडेल, मीनकृष्ण महर्जन, मेदिनी सिटौला, कर्णबहादुर मल्ललगायतले दाबी गरेका छन् ।
यसअघि नेविसंघको महाधिवेशन सातौंपटक स्थगित भइसकेको छ भने नेपाल महिला संघको महाधिवेशन पनि स्थगित हुन लागेको छ ।
नेविसंघको महाधिवेशन मंसिर तेस्रो साता तोक्न लागिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: