मंसिर ३(एजेन्सीहरू) / केही दिनअघि बेपत्ता भएकी होन्डुरसकी सुन्दरी मरिया जोस मृत फेला परेकी छिन्। मिस वल्र्डमा भाग लिनका लागि ठिक्क भएकी केही दिनअघि आफ्नी बहिनीसँग वेपत्ता भएकी थिइन्।
अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार बहिनी सोफियासँगै उनी सहरदेखि केही दूरीमा रहेको सानो गाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ। १९ वर्षीया यी सुन्दरी केही दिनअघि साथीको भोजबाट फर्किदै गर्दा वेपत्ता भएका थिए। उनको मृत्युको बारेमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।
अल्भाराडो १८ प्रतिष्पर्धीलाई पाखा लगाउँदै गत अप्रिलमा मिस होण्डुरस चुनिएकी थिइन्। आगामी डिसेम्वर १४ मा लण्डनमा हुने अन्तिम प्रतिष्पर्धाका लागि एक सय २० देशका सुन्दरीहरू लण्डनमा भेला भएका छन्।
कमेन्ट गर्नुहोस्
