महिला साफ फुटबलमा नेपाल लगातार तेस्रो पटक फाईनलमा, उपाधिको लागि भारतसँग प्रतिस्पर्धा गर्ने

Share:

३ मंसिर/ नेपाल महिला साफ च्याम्पियनशीपमा लगातारा तेस्रो पटक फाईनल प्रवेश गरेको छ । पाकिस्तानमा जारी तेस्रो महिला साफ च्याम्पियनसीपको उपाधिको लागि नेपालले अब शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

10171714_913195085365109_5365811688417115224_n

बुधबार भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई १–० तथा भारतले श्रीलंकालाई ५–० ले पराजित गर्दै फाइनलमा एक–अर्कासँगको भेट पक्का गरेका हुन् । नेपालको जितमा सजना रानाले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।

नेपाल र भारत लगातार तेस्रो पटक महिला साफको फाइनलमा भिड्न लागेका हुन् । यसअघिका दुई फाइनलमा भारतले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो । नेपालले भारत बाहेक सबै सार्क मुलुकलाई हराउँदै आएको छ । भारतसँच् भने एक पटक पनि जीत हात पार्न नसकेको नेपालले क्रम भंग चाहन्छ ।

कमेन्ट गर्नुहोस्
Share: