मोदीको भ्रमण रद्दको विरोधमा जनकपुर बन्द

Share:

जनकपुर, ५ मंसिर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पूर्वनिर्धारित जनकपुर भ्रमण षड्यन्त्रपूर्ण ढंगले रद्द गराइएको भन्दै २२ दलीय संघीय लोकतान्त्रिक मोर्चाले बिहीबार बिहानैदेखि जनकपुर बजार बन्द गराएको छ ।
मोर्चाका आवद्ध दलका कार्यकर्ताले विहानै विद्यालय पुगेका छात्र छात्रालाई समेत घर फर्काएका छन् । लामा तथा छोटा दुरीका सवारी साधन चल्न दिइएको छैन । तनाव बढ्न नदिन स्थानिय प्रशासनले चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
जनकपुरमा मोदीलाई गरिने नागरिक अभिनन्दन तथा मोदीले गर्ने भनिएको सम्बोधनको स्थल सम्बन्धी विवादका कारण एक सातादेखि त्यहाँ तनावको स्थिती थियो । हिजो मोदीको जनकपुर भ्रमण रद्द भएको सूचना सार्वजनिक भए लगतै २२ दलीय मोर्चा सम्बद्ध नेता तथा कार्यकर्ताले जनक चोकमा सरकार विरोधी प्रदर्शन थालेका थिए ।
उनीहरुले प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री वामदेव गौतम तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीको पुत्ला समेत जलाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: