पोखरा र आसपासमा पनि शतबिज छरिँदै

Share:

पोखरा, मंसिर ५
बालाचतुर्दशी पर्व शुक्रबार देशैभरका शिवालय मन्दिर तथा धार्मिकस्थलमा शतबीज छरेर मनाइँदैछ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने गरिन्छ ।
बाला चतुर्दशीको दिन आज बिहानै शतबीज छर्ने चलन छ । बोलीचालीको भाषामा शतबीउ छर्ने भनिने शतबीजरोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास छ । शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । एक गेडा बीउ एक तोला सुन जत्तिकै मूल्यावान हुने धार्मिक मान्यता छ ।
यसैगरी, शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।
बाला चतुर्दशीमा कास्की, स्याङ्गजा र पर्वतको सिमानामा पर्ने प्रसिद्ध धार्मिकस्थल पञ्चासेमा आज ठूलो मेला लागेको छ । पञ्चासेमा नेपालका विभिन्न भागसहित भारतबाट समेत दर्शनार्थीहरु आएर सतबीज छर्ने गर्छन् । शुक्रबार कास्कीको कास्कीकोटमा कश्यप तपो क्षेत्र र भलामको हरिहरगुफा सन्यास आश्रममा पनि सतबीज छर्नेहरुको भीड लागेको छ ।

कमेन्ट गर्नुहोस्
Share: