
पोखरा, ५ मंसीर / दक्षिण एशियाली मुलुकमध्ये महिला फुटबलमा नेपालको स्थान माथि नै छ । भारत बाहेक नेपालले अन्य मुलुकलाई पछि पार्दै आएको छ । फेरि एक पटक भारत हावी बन्यो । पाकिस्तानमा सम्पन्न तेस्रो महिला साफ च्याम्पियनसिपमा नेपालले भारतसामू लज्जास्पद पराजय बेहोरेको छ।
इस्लामावादस्थित जिन्हा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ६-० गोल अन्तरले हराउँदै लगातार तेस्रोपटक उपाधि रक्षा गरेको हो। भारतका लागि बाला देविले ४ गोल गरिन्।
यसअघि पनि दुई पटक फाइनलमा पुगेको नेपाल भारतसँगै पराजित हुँदै घर फर्किएको थियो। पहिलो साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग एक शून्यले पराजित नेपाल दोस्रो साफमा तीन एकले पराजित भएको थियो।
कमेन्ट गर्नुहोस्
