
रेम बिक पोखरा, ५ मंसिर । पोखरामा ‘नाईके’ पछि ‘हाउडे’ चलचित्र निर्माण सुरु भएको छ । युवापुस्ताको कथा बोकेको नेपाली फिल्म हाउडेको शुक्रबारदेखि छायाँकन शुरु भएको हो । शुक्रबार विहान विन्दबासिनीमा शुभ मुर्हत गर्दै फिल्मले छायाँकन थालेको हो । फिल्मको छायाँकन एक महिनाभित्र सकिने निर्माण कम्पनी एस टु क्रियशनले जानकारी दिएको छ ।
फिल्ममा मनिस केसी, विश्वास श्रेष्ठ, रोजी बस्नेत, एनी कुँवर, कपिल शर्मा, सुनील श्रेष्ठ लगाएतका कलाकारहरु रहनेछन् । अभिनेता मनिस केसी यो भन्दा पहिला रिभेन्ज नामक फिल्म खेलिसकेका छन् । फिल्मलाई संगीत बस्याल र जीवन सेन्चुरीले संयुक्त निर्देशन गर्दैछन् । फिल्मको कथा निर्देशकमध्येका एक संगीत बस्याल आफैँ लेखेका हुन् ।
पोखरा र आसपासमै फिल्मको छायाँकन हुने निर्माणपक्षले जानकारी दिएको छ । डिबि परिश्रमी प्रस्तुती रहने फिल्मलाई रामेश्वर हुमागाईले खिच्दैछन् । सागर महत फिल्मका निर्माण नियन्त्रक हुन् । फिल्ममा ३५ लाख रुपैँया खर्च हुने निर्माताको अनुमान छ ।
यसैबीच, अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘नाइके’ लाई चलचित्र जा“चपास समितीले पिजी सटिफिर्केट दिएको छ । सेन्सर बोर्डका सदस्यहµले फिल्मा हेरेपश्चात १६ बर्Èभन्दा मुनिका दर्शकलाई अभिभावकको साथ चाहिनेगरी पिजी सटिफिर्केट दिएको हो । मंसिर १९ बाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा आर्यन एक्सन अभिनेता बनेर आउ“दैछन् । फिल्ममा आर्यनले गरेको द्वन्दका दृश्यहरुलाई आधार मानेर पिजी सटिफिर्केट दिएको निर्देशक नेत्र गुरुङले जानकारी गराए । आर्यन यसअघि लभरव्वाई भूमिकामा देखिईरहेकाले दर्शकहµले नाइकेलाई रुचाउने अपेÔा गरिएको छ ।
फिल्ममा आर्यनका साथमा रेम बिक, सुबिर्ना कार्की, बोधराज रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म नाइके लाई विष्णु हमाल, जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द Ôत्रीले निर्माण गरेका हुन् ।
