काठमाण्डौं बाहिर निर्माण भएका फिल्म स्तरीयः गुरुङ, ‘बलेनी’ निर्माण

Share:

रञ्जन अधिकारी पोखरा ५ मंसीर /‘काठमाण्डौबाटै फिल्म निर्माण भए राष्ट्रिय स्तरको ठान्ने मानसिकताले हाम्रो बजार विस्तार नभएको हो ।’ निर्देशक कृष्णकुमार गुरुङ उदासिन हुँदै भने – ‘राष्ट्रिय मिडियाले कभरेज नगरिदिँदा दर्शकले पनि स्थानीय फिल्म कम स्तरीय नै ठान्नुहुन्छ ।’ आÇनो आठौं चलचित्र बलेनी निर्माणको घोषणा तथा कलाकार परिचय कार्यक्रममा शुक्रबार गुरुङले पोखराबाट फिल्म निर्माण गर्दा बजारको चिन्ता यसरी गरे ।

कम लगानी र स्थानीय कलाकार लिएमा फिल्म नै स्थानीय ठान्ने प्रवृत्ति मौलाउँदा नेपाली कला क्षेत्रमा केहि गर्न खोज्ने आफूजस्ता सयौं कलाकर्मी पीडित बनेको उनको गुनासो थियो । ‘काठमाण्डौंबाट प्रायः फिल्म छायाँकन गर्न आउने पोखरा नै हो । उनीहरु सबै बाहिरका भएपछि खर्च बढि भएको हो ।’ गुरुङले भने– ‘हामी त आÇनै गाउँठाउँमा छौं । त्यसैले लागत कम हुन्छ ।’ उनले कबड्डी, बिर्खेलाई चिन्छस्, टलकजंग भिएस टुल्के जस्ता चलचित्रहरु गाउँठाउँकै कथामा बनेको तर राम्रो कभरेजले हिट तर यही विषयवस्तुमा यहाँ बनेका फिल्महरु भने चर्चा नहुँदा बजार लिन नसकेको बताए ।

baleni

टप माउण्टेन फिल्म प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र बलेनी अघि गुरुङले हिट फिल्म तमु ह्युला, घलेक द साईन अफ लभ, सुनी माया, डर्टी पोखरा, मेरो जीवन, यम्फावती द प्रिन्सेस, थारु फिल्म औनियाको निर्देशन गरिसकेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्धारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले संघर्षशील प्रेमकथामा आधारित चलचित्र बलेनी मंसिर ९ गतेदेखि छायाँकंन शुरु गरी फागुन महिनामा सम्पन्न गर्ने योजना रहेको बताए । हङकङमा रहेका मास्टर गणेश गुरुङ, अधिवक्ता देव गुरुङ, दुर्गा कोन्मे गुरुङ र मीन गुरुङ निर्माता रहेको चलचित्रको छायाँकन पर्वत जिल्लाको रमणीय गाँउहरु दुर्लुङ, बाजुङ, आर्थर, कुश्मा लगायतका क्षेत्रमा हुनेछन् ।

करिब २० लाखको लगानीमा निर्माण हुने दुई घण्टा ५ मिनेट लामो बलेनी चलचित्रमा नायक गमन घले र नायिका सपना गुरुङ, यसरी नै कलाकारहरुमा रामबहादुर गुरुङ, गजेन्द्र गुरुङ, भुपाल गुरुङ, दानबहादुर गुरुङ, क्या.लोकबहादुर गुरुङ,डिलमाया गुरुङ, पशुपति खाँड, इन्दु मल्ल, लिलबहादुर गुरुङ, मुस्कान गुरुङ, सनम गुरुङ, ताराकुमारी गुरुङ, गौरी गुरुङ अभिनय गर्ने गुरुङले बताए । हङकङबाट प्रर्दशन शुरु गरिने चलचित्र युके, अष्ट्रेलिया, कोरिया लगायत नेपालका विभिन्न भागमा प्रर्दशन गरिने योजना छ ।

कार्यक्रममा निर्माताका तर्फबाट बोल्दै मास्टर गणेश गुरुङले विगतमा तेक्वान्दो खेलको माध्यमबाट नेपाललाई पहिचान गराएको र अब चलचित्रको माध्यमबाट जन्मभुमिलाई योगदान दिनका लागि बलेनी निर्माणमा जुटेको बताए ।  थुम्रो इन्टरनेशनल प्रालिका प्रवक्ता तथा द प्रिन्सेस यम्फावतीका निर्माता सरस्वती गुरुङले आफुहरुले चलचित्रमार्फत समाजमा रहेको लैगिंक विभेदको अन्त्य, सामाजिक न्याय, महिला सशक्तिकरण, पौराणिकतालाई उजागर र पर्यटन प्रवद्र्धनका लागि यम्फावती निर्माण जुटेको बताईन् । उक्त अवसरमा भकारी एड्भटाइजिङका तर्फबाट चलचित्रका निर्माताहरु मास्टर गणेश गुरुङ, दुर्गा घोताने  गुरुङ लगायत कलाकारहरुलाई सम्मान गरिएको थियो । फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भकारी एड्भटाइजिङका अध्यक्ष माओत्सेतुङ गुरुङले स्वागत र गायिका एवं नायिका माया गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

चलचित्रको व्यवस्थापक एनबी गुरुङ, निर्माण नियन्त्रक मीनु गुरुङ, नृत्य निर्देशक लब्सन गुरुङ र पवित्रा गुरुङ, क्यामेरामा सन्तोष पिठाकोटे मगर, द्धन्द्ध निर्देशक जनक गुरुङ, कला निर्देशक किशोरकुमार गुरुङ, गीत देव गुरुङ र कृष्णकुमार गुरुङ, संगीत के के गुरुङ, संगीत संयोजन धनबहादुर गुरुङ, श्यामसुङ गुरुङ र सर्वज्ञमान शाक्य रहनुभएको छ । यसरी नै चलचित्रको गीतहरुको धनबहादुर गुरुङ, रजनी राई, माया गुरुङ, शान्ति गुरुङ र ओम गुरुङको रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: