केन्यामा लडाकु समूहद्धारा २८ जनाको ‘हत्या’

Share:

काठमाडौं, मंसिर ६ । केन्याको मन्डेरा प्रान्तमा इस्लामिक लडाकु समूह अल शबाबले एउटा बसमा आक्रमण गरी कम्तिमा २८ जनाको हत्या गरेको छ । लडाकुहरुले राजधानी नैरोवीबाट गइरहेको बसलाई सोमालियासँगको सीमा नजिक रोकेर गैरमुस्लिमहरुलाई छानिछानी मारेका थिए ।
ladaku_final_final
उनीहरुले यात्रुहरुलाई मार्नुअघि कुरान पढ्न लगाएका थिए ।

सोमालियालाई आधार क्षेत्र बनाएकोअल शबाबले सन् २०११ यता केन्यामा विभिन्न आक्रमण गरेको छ । केन्याले अल शबाबविरुद्धको कारबाहीका लागि सोमालियामा आफ्ना सेना पठाएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: