मेलामा रहेको बिग एफएमको स्टलमा फाराम भर्नेको भिड

Share:

रञ्जन अधिकारी पोखरा, ६ मंसीर / पोखरा प्रदर्शनी केन्द्रमा विहिबारदेखि जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएको बिग एफएमको स्टलमा भिड लागेको देख्न सकिन्छ । कारण, बिग एफएम सुन्ने श्रोताहरुले फाराम भर्नकै लागि । एफएमले हरेक वर्ष मेलामा स्टल राखेर श्रोता फाराम भर्दै आएको छ । श्रोताहरुकै सुझाव, सल्लाहका आधारमा अघि बढ्न फाराम भर्ने गरेको एफएमका अध्यक्ष महेश भण्डारीले बताए । मत सर्वेक्षणकै आधारमा एफएम पश्चिमाञ्चलकै नम्बर एक एफएम हुन सफल भएको हो ।

10417486_813757878686281_2017219184827830065_n

विगतमा भन्दा यसपटक भने फाराम भर्ने श्रोता मध्ये प्रत्येक दिन दुई जनालाई मोबाईल दिने व्यवस्था मिलाईएको छ । स्टलमा पुगेर फाराम भर्ने स्रोताहरुमध्येबाट लक्की ड्र गरेर २ जनालाई कार्बन मोबाईल दिईने एफएमले जनाएको छ । १० दिने मेलामा फाराम भरेका मध्येबाट २० जना स्रोताहरुले मोबाईल प्राप्त गर्न सक्ने एफएमका कार्यक्रम संयोजक संजोक बस्यालले बताए । नेपाल स्थित कार्बन मोबाईलको आधिकारिक वितरण कम्पनी एलाईड ट्रेड लिंक ईन्टरनेशनल प्रालिसंगको सहकार्यमा एफएमले यो अफर ल्याएको हो ।

मेला स्थलको खुला चौरको मुखैमा रहेको एफएमको स्टलमा पुगेर श्रोताहरुले बिग एफएमसँग सम्बिन्धत प्रश्न रहेको फाराम भर्नुपर्नेछ । आफ्नो मनपर्ने कार्यक्रम, प्रस्तोताका साथै न्युज विज्ञापन कस्ता लाग्छन् ? सुधार गर्न सुझाव, अन्य एफएमको दाँजोमा कुन स्थानमा राख्नुहुन्छ भन्ने लगायतका प्रश्नका जवाफ एफएमले जनाएको छ ।

10671317_813757845352951_1661171253771741007_n

एलाईड ट्रेड लिंक ईन्टरनेशनल प्रालिले एफएमका स्रोताहरुसंग प्रत्यक्ष रुपमा जोडिन कम्पनीले कार्बन मोबाईल प्रायोजन गरेको जानकारी दिएको छ । “पश्चिमाञ्चल क्षेत्रमा एफएमले निकै प्रभाव जमाएकोले नै हामी यो योजनामा आकर्षित भएकाहौँ ।” कम्पनीका चिफ मार्केटिङ अफिसर पुस्कल खतिवडाले भने–“हाम्रो उत्पादनको ब्रान्डिङमा पनि यो योजना फलदायी हुने हामीले अपेक्षा गरेका छौँ ।” कार्बन मोबाईल पछिल्लो समय निकै मन पराईएको मोबाईल ब्रान्डमा पर्छ ।

मेलामा लक्की ड्र मार्फत हरेक दिन कार्बन कम्पनीका ‘के वान रक’ र ‘के ट्वान्टी टु प्लस’ मोबाईल दिईने एफएमले जनाएको छ । विग एफएमले विभिन्न व्यापारिक कम्पनीहरुसंगको सहकार्यमा वर्षेनी थुप्रै ईभेन्ट गर्दै आएको छ । विशेष गरि ईभेन्टहरुमार्फत नै स्रोताहसंग प्रत्यक्ष जोडिएको एफएमले पछिल्लो पटक ईक्यान कास्कीको आयोजनामा हुने वृहत शैक्षिक मेलालाई लगातार दोस्रोपटकसम्म प्रस्तुत गरेको थियो । हरेक चाडवाडमा पनि ईभेन्ट गर्दै आएको एफएमको ग्राण्ड ईभेन्ट बिग आईकन पनि बर्षेनी हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: