अस्पतालले ‘ट्वाइलेट एम्बुस’ थापेर हजुरआमाको ज्यान लियो

Share:

काठमाडौं,  ६ मंसीर / ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजको  ट्वाइलेटको भ्‍वाङबाट खसेर एक हजुरआमाको ज्यान गएको छ । भ्वाङ पारिएको ट्वाइलेटबारे अस्पतालले खतरासम्बन्धी कुनै सूचना विरामीलार्इ नदिँदा ती हजुरआमाले भ्वाङबाट खस्दा घटनास्थलमै ज्यान गुमाएकी हुन् । भ्वाङ पारेको ट्वाइलेटबारे अस्पताल प्रशासनले बिरामीलार्इ जानकारी नगराउँदा हजुरआमाले ज्यान गुमाएकी हुन् । अस्पतालमा उपचारार्थ भर्ना भएकी दोलखाको मेलुङ निवासी ८१ वर्षीया वृद्दा ललितामाया खड्काको अस्पतालले मर्मतका लागि भत्काएको शौचालय भ्वाङबाट झरेर ज्यान गएको हो ।

दम बढ्ने र खुट्टा सुन्निने समस्याको उपचारका लागि शुक्रबारमात्र अस्पतालको मेडिकल वार्डमा भर्ना गरिएकी उनको ज्यान गएपछि अस्पतालले घटना ढाकछोप गरेको आरोप पीडित पक्षले लगाएको छ । मर्मतका लागि भ्वाङ खोलिएको ट्वाइलेटको ढोकामा ताला लगाइएको थिएन । ट्वाइलेटको ढोकामा खतराको कुनै सूचना पनि टाँसिएको छैन

lalitmaya body and kist toilet hole

‘अस्पताल प्रशासनको लापरबाहीले हजुरआमाको ज्यान गयो’नाति तीर्थ खत्रीले भने, ‘अस्पताल प्रशासनले कम्जोरी नस्वीकारी प्रहरी लगाएर शव उठाउन दबाब दिइरहेको छ ।’  वृद्दाको तलाबाट खसेर ज्यान गएपछि उनका आफन्तले अस्पतालको चरम लापरबाही भएको आरोप लगाएका छन् । शौचालय गएकी वृद्दा नफर्केपछि उनका आफन्तले खोजी गर्दा उनी तल्लो तलामा खसेको अवस्थामा मृत भेटिएकी थिइन् ।

अस्पतालले प्रशासनले मृतकका आफन्तलाई घटनाबारे समेत जानकारी नगराएको पीडित पक्षको आरोप छ । ‘विहान ६ बजे नै हजुरआमा शौचालय जानु भएको रहेछ’, खत्रीले भने, ‘२ घण्टासम्म खोजी गर्दा पनि उहाँ भेटिनु भएन । अस्पतालका कर्मचारीले उहाँको ज्यान गएको थाहा पाएर पनि कुरा लुकाए ।’

अस्पतालका निर्देशक ऋषिकेश नारायण श्रेष्ठले घटना दुःखद भएको बताउँदै ट लापबाही भएको स्वीकारे । उनले घटनाको छानविन गरी दोषीमाथि कारबाही गरिने उल्लेख गरे । घटनापछि अस्पताल पुगेको प्रहरीको टोलीले पनि भौतिक संरचना खतरायुक्त हुँदा हुँदै अस्पतालले बिरामीहरुलाई जानकारी नदिई गम्भीर लापरबाही गरेको जनाएको छ ।

Source: Annapurns Post.com

कमेन्ट गर्नुहोस्
Share: