कास्कीका सञ्चार प्रतिष्ठानहरुमा अनुगमन गरिने

Share:

पोखरा ७ मंसिर । नेपाल पत्रकार महासंघ कास्की शाखाले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरे नगरेको बारेमा अनुगमन शुरु गर्ने भएको छ । आइतबार शाखाका उपाध्यक्ष एवम् श्रमजीवी पत्रकाार ऐन कार्यान्वयन तथा अनुगमन समितिका संयोजक राजेन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले कास्कीका सञ्चार प्रतिष्ठानहरुमा अनुगमन शुरु गर्ने निर्णय गरेको हो ।

bigstock-journalist-7980247बैठकले श्रमजीवी पत्रकारको हातमा नियुक्ति पत्र, न्यूनतम पारिश्रमिक र समयमैं पारिश्रमिकलाई व्यवहारमा शतप्रतिशत कार्यान्वयन भए नभएको अनुगमन गर्ने निर्णय गरेको थियो । त्यसैगरी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नका लागि कास्कीका सम्पूर्ण सञ्चार प्रतिष्ठानहरुमा पत्राचार गर्ने निर्णय समेत गरिएको छ । त्यसैगरी यही मंसिर १५ गतेपछि सम्पूर्ण सञ्चार प्रतिष्ठानहरुमा श्रमजीवी पत्रकार ऐन लागू भए नभएको समेत अनुगमन गर्ने निर्णय गरिएको छ । सौ यही मंसिर १४ गते कास्कीका सम्पूर्ण सञ्चार प्रतिष्ठानका सञ्चालकहरुसँग पनि छलफल गर्ने निर्णय कास्की शाखाले गरेको छ ।
बैठकमा प्रेस युनियन कास्कीका तर्फबाट माधब रेग्मी, प्रेस चौतारी कास्कीबाट माधब बराल, क्रान्तिकारी पत्रकार महासंघका माधब पनेरु, क्रियाशिल पत्रकार महिला समूहका अध्यक्ष सरिता तिमिल्सिना पगेनी, आदिवासी जनजाति पत्रकार महासंघकाका अध्यक्ष हुम तमु र शाखाका कोषाध्यक्ष रामप्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

समितिले कास्कीमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन तथा अनुगमन गर्नका लागि सञ्चार क्षेत्रसँग सम्बन्धित सम्पूर्ण संस्थाका प्रतिनिधिहरु समेटेर टोली समेत निर्माण गरेको छ । उक्त टोलीमा प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी संघ, क्रान्तिकारी महासंघ, स्वतन्त्र पत्रकार संघ, क्रियाशिल पत्रकार महिला समूह, सञ्चारिका समूह पश्चिमाञ्चल, आदिवासी जनजाति पत्रकार महासंघ र राष्ट्रिय पत्रकार समाजका तर्फबाट एक एक जनाको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: