मोडलिङमा अपाङ्गता भएका युवतीहरु

Share:

पोखरा, मंसिर ७ । अपाङ महिलाहरुलाई लक्षित गरी पोखरामा फ्युजन फेशन शो सम्पन्न भएको छ । फ्युजन फेसन होमको मुख्य आयोजनामा सम्पन्न उक्त फेशन शोमा १० जना अपाङगता भएका महिलाहरुको सहभागीता रहेको थियो ।फेशन शोमा दृष्टीविहीन, ह्वीलचियर प्रयोगकर्ता, शुस्त श्रवण क्षमता, वोल्न नसक्ने प्रकारका अपाङ्गता महिलाहरुको सहभागीता रहेको थियो । फेशन शोमा सहभागीहरुले ¥याम्पमा उत्रिनुका साथै आ–आफ्ना प्रतिभाहरु प्रस्फुटन गरेका थिए ।

शारिरीक रुपमा अशक्त भएका ब्याक्तिहरु पनि साङ्ग ब्याक्ति जस्तै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी भइ आफ्नो प्रतिभाहरु प्रस्फुटन गर्न सक्छन भन्ने उद्देश्यका साथ विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरुलाई एकै थलोमा उभ्याएर फेशन शोको आयोजना गरिएको कार्यक्रम संयोजक तथा डिजाइनर आशिका चन्दले जानकारी दिनुभयो ।

IMG_2152111

फेशन शो गर्नु सजिलो नभएको र त्यसमा पनि शारिरीक रुपमा अशक्तका लागी झनै अफ्ठेरो हुदा हुदै पनि उनीहरुको पनि फेशन शो संगै प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित आफुले यसअघि पनि पोखराको लेकसाइडमा कार्यक्रम सम्पन्न गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने संयोजक चन्दले वताउनुभयो ।

पोखराको न्युरोडमा रहेको दी हाल्फमुन क्याफेमा सम्पन्न फेशन शोमा ५ सय वढी ब्याक्तिहरुले कार्यक्रमको अवलोकन गरेका थिएभने फेशन शो पश्चात नाइट पार्टीको समेत अयोजना गरिएको थियो । कार्यक्रम सम्पन्न गर्नका लागी दि हाफमुन क्याफे, एबीसी मार्ट, रोजेट बेवी कलेक्सन, जे एण्ड जे शुज कलेक्सनले सहयोग गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: