
रञ्जन अधिकारी पोखरा, ९ मंसीर । आज मंगलबार नोभेम्वर २५ तारिख अर्थात् महिलामाथि हुने लैङ्गिक हिंसा विरुद्धको दिवस । ‘घर शान्ति नै विश्व शान्तिको आधार’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘महिला हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गरौं ।’ भन्ने राष्ट्रिय नाराका साथ आजदेखि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिनसम्म नेपालमा महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान सुरु भएको छ । सन् १९८१ मा डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया तीन दिदीबहिनी राजनैतिक कार्यकर्ता भएकै कारण तत्कालिन त्रुचिलो तानाशाही सरकारले आफू विरुद्धमा लागेको भन्दै हत्या गरेपछि उनीहरुको सम्झनामा १९९१ देखि लैङ्गिक हिंसा विरुद्धको दिवस मनाउन थालिएको हो ।
कास्कीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान सुरु भएको छ । महिला तथा बालबालिका कार्यालय कास्की र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको समन्वयमा कास्कीका दुई दर्जन सरकारी÷गैह्रसरकारी संघसंस्थाले एकल तथा संयुक्त रुपमा विभिन्न जनचेतामूलक कार्यक्रम आयोजना गर्दैछन् । महिला तथा बालबालिका कार्यालय कास्कीको नेतृत्वमा दिवसको अवसरमा मंगलबार बिहान सेतो रिबन वितरण र प्रतिबद्धता कार्यक्रम आयोजना गरिएको छ । सन् १९९१ मा क्यानडाका केही पुरुष र युवाद्वारा पुरुष वर्गबाट महिला एवं बालिकाप्रति हुने हिंसाका विरुद्धमा थालिएको सेतो रिबन अभियान नेपालमा पनि सन् २००६ देखि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको दिनदेखि सुरु भएको हो । ‘सेतो रिबन लगाउँ, हिंसा विरुद्धमा प्रतिबद्धता जनाउँ’, ‘म, मेरो परिवार, मेरो कार्यालय र मेरो समाजमा लैङ्गिक हिंसा अन्त्य गर्ने प्रण गर्दछु ।’ लगायतका प्रतिबद्धताहरु रहेका छन् ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जि.सी. कार्कीका अनुसार १६ दिने अभियानको अवधिमा कार्यालयले महिला कर्मचारी र कार्यालय प्रमुख बीच अन्र्तक्रियता, सेवा ग्राहीहरुको लागि प्रतिबद्धता राष्ट्रिार राख्नका लागि सरकारी कार्यालयहरुलाई अनुरोध गर्ने, अभियानको ब्यानर कार्यालयमा राख्ने, अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउने कार्यक्रमहरु तय गरिएको छ । उनले कास्कीमा महिला तथा बालबालिकाका अवस्थाबारे जानकारी गराउँदै हिंसापीडित महिला सुरक्षा गृहको निर्माणमा आफू मरिमेटेर लागि परेको बताईन् । कार्यालयले रक्षक सञ्जाल, शान्तिका लागि नागरिक सञ्जाल लगायतका संघसंस्थासँग मिलेर सुरक्षा गृह निर्माण गर्न सम्बन्धित निकायमा जग्गा उपलब्ध गराउन पहल गर्ने निर्णय पनि गरेको प्रमुख कार्कीले बताईन् ।
महिला मानव अधिकार रक्षक सञ्जाल, कास्कीका अध्यक्ष सरला कुमारी पाण्डेले अन्तरपार्टी महिला सञ्जालसँगको सहकार्यमा लैङ्गिकसंवेदनशील व्यवहारका लागि राजनैतिक दलका प्रमुख तथा महिला नेतृसँग उत्प्रेरणा कार्यक्रम, विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाबीच अन्तक्र्रिया, जिविस र बालबालिका कार्यालयसँगको सहकार्यमा सन्दर्भ सामाग्री तयारी, सामाजिक सञ्जालमा प्रचारप्रसार गर्ने कार्यक्रम रहेको जनाईन् । कोपिला नेपालकी बिना सिलवालका अनुसार शहर केन्द्रित कार्यक्रम भन्दा गाउँ केन्द्रित कार्यक्रममा जोड दिईएको छ । कोपिला नोपालले कास्कीका माझठाना, भाचोक, सैमराङ, सिल्दुजेरे, मिजुरे र थुमाको डाँडाँमा ¥याली सहित महिला हिंसा सम्बन्धमा लोकगीत प्रतियोगिता तथा नाटक प्रदर्शन गरिने उनले बताईन् ।
ईन्सेककी शवनम शर्माका अनुसार थुम्की, देउराली, रुपाकोट र हंसपुर गाविसमा विभिन्न कार्यक्रम तय गरिएको छ । बाल तथा महिला सशक्तिकरण समाज नेपालले काहुँ, अर्मला, भलामका महिलासँग अन्तक्र्रिया गर्ने भएको छ । समाजले महिला सुरक्षा गृह निर्माणका लागि १५ हजार रुपैंया प्रदान पनि गरेको छ । विभिन्न महिला सञ्चारकर्मीको सहयोगमा रेडियो जिंगल निर्माणका साथै कम्युनिटी सपोर्ट ग्रुप, नौलो घुम्ती नेपाल, मनोसामाजिक विमर्श मञ्च, कानुनी सहायता समिति कास्की, सिद्धार्थ क्वलब, महिला उत्थान तथा जागरण केन्द्र, आमा मिलन केन्द्र मानव अधिकारका लागि एकल महिला समूह, पिएन क्याम्पस विएलएलबी समूह, शान्तिका लागि नागरिक समाजको सञ्जाल, जिल्ला विकास समिति, ल्याक कास्की लगायत विभिन्न टोल विकास संस्था, महिला तथा आमा समूहको सक्रियतामा जिल्ला स्तरीय व्यापक ¥याली, कचहरी नाटक प्रदर्शन, मानव बेचविखन विरुद्ध विषयमा सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम, हिंसा पीडितको लागि मैत्रीपूर्ण व्यवहार सम्बन्धी अन्तक्र्रिया, लागु पद्धार्थ दुव्र्यसनी तथा कारागारका महिला बन्दिसँग अन्तक्र्रिया कार्यक्रम हुने भएको छ । पत्रकार सम्मेलनमा महिला तथा बालबालिका कार्यालयकी सुपरभाईजर शरद गुरुङ लगायतले बोलेका थिए ।

