काठमाडौं, मंसिर १० । झापा ११ मोरङमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै झापाले फाइनलमा ठाउँ पक्का गरेको हो ।
झापालाई जिताउनेक्रममा बुधबार खेलको २४औं मिनेटमा पूर्वपुलिस खेलाडी गणेश खड्काले निर्णायक गोल गरे ।
यसैबीच, फर्ममानरहेका नेपाल पुलिसका स्ट्राइकर जुमनु राईले खेल हारेसँगै त्यसको रीस आफ्नै समर्थकमाथि पोखेका छन् । खराव फर्ममा रहेका जुमनुको खेल हेरेर पैसाको बर्बाद गरेको भन्दै किशोर पराजुलीले प्रतिक्रिया दिएपछि जुमनुले उनलाई तीन मुक्का हिर्काएका थिए ।
पथरी स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको उपाधिका लागि शनिबार झापाले त्रिभुवन आर्मी क्लब र सिक्किमको सुनाल्चु फुटबल क्लबबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
दोस्रो सेमिफाइनल विहीबार हुँदैछ ।
Photo : goalnepal.com

