मेलामा बाक्लिँदै दर्शक, बढ्दै कारोवार

Share:

पोखरा,१० मंसिर । पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक ब्यापार मेला अहिले सबै वर्ग र उमेर समूहका दर्शकहरुको रोजाई बन्न पुगेको छ । दिउसो किनमेल र दोहोरी गीत सुन्ने तथा दिन ढल्दै गएपछि मनोरञ्जन र खानाका पारखीहरु मेला स्थलमा आउने गरेको आयोजकहरुको अनुभव रहेको छ ।

National-Industrial-Trade-F

‘घरायसी सामान, लत्ताकपडा मात्र हैन, युवाहरुलाई लक्षित मनोरञ्जनात्मक कार्यक्रमले पनि मेला सबैको बन्न पुगेको छ ,’ पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले मुस्कुराउँदै भने,‘ मेलामा सहभागी हुन आउनेहरुको सुविधामा पनि कुनै कमी छैन ।’ उनको भनाइमा सही थप्दै संघका कार्यसमिति सदस्य तथा वातावरण तथा सरसफाई उपसमिति संयोजक मोहनबाबु खड्काले यसपाली पाँच ठाउँमा शुद्ध खानेपानी बितरणसहित शौचालय र सरसफाईको पक्षमा विशेष ध्यान पु¥याइएको जानकारी दिए ।

मेला सातौँ दिनमा आइपुग्दा मेलास्थलमा सामान किन्नेहरुको भीड बाक्लिन थालेको छ । एक पटक सामान हेर्नआउने र मेला सकिने बेला त्यही सामान किन्ने प्रवृत्तिका कारण यो अवस्था आएको संघका महासचिव रविन्द्रबहादुर प्रजुले दावी गरे । मेलाका बाँकी दिनमा कारोवार र सहभागिता दुबै बढ्ने उनले जिकिर गरे । उनका अनुसार मेलाको सातौँ दिन मात्र मेलास्थलबाट झण्डै १ करोडको कारोवार भएको छ । उनले बुधबार २५ हजार जनाले मेलाको अवलोकन गरेको दावी गरे । आयोजकको दावी अनुसार मेला स्थलबाट हालसम्म ११ करोड ५० लाखको कारोवार र १ लाख ३५ हजारले मेलाको अवलोकन गरेका छन् ।

यता मेला अन्तर्गत भएको विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिताको फाइनल शुक्रबार हुने भएको छ । दिपिका गुरुङ सिसम शर्मा, प्रकृति थापा, प्रसुन गुरुङ निशा गुरुङ रञ्जु बयलकोटी, सुमिना गुरुङ सोनी गुरुङ र सुष्मा गुरुङ फाइनलमा पुगेका छन् । मेला अन्तर्गत नै बुधबार भएको सामूहिक नृत्य प्रतियोगिताबाट सोसल पब्लिक र कञ्चनजंगा बोर्डिङ स्कूल फाइनमा पुगेका छन् । मेला अगाडि बढ्दै गर्दा बिहीबारबाट विद्यालय, कलेज र शैक्षिक संघ÷संस्थाबाट मेला अवलोकन गर्न समूहमा आउने अवलोकनकर्ताहरुका लागि प्रवेश टिकटमा ४० प्रतिशत र बाल उद्यानको प्रवेश टिकटमा ५० प्रतिशत छुटको ब्यवस्था भएको संघका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।

मेला अन्तर्गत विहीबार साँझ ५ बजेबाट सुरु हुने शारिरीक सुगठन प्रतियोगिता दर्शकहरुको आकर्षणको केन्द्र बन्ने साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिए । पोखरेली माग्ने बूढा र धुर्मुस एवं शिव शर्माको हाँस्य प्रस्तुति, लोक दोहोरीका चर्चित कलाकार,अन्तर दोहोरी साँझ दोहोरी प्रतियोगिता, कौशल्या गुरुङसहितका कलाकारको प्रस्तुतिले पनि अवलोकनकर्तालाई मनोरञ्जन दिने आयोजकको अपेक्षा रहेको छ । मेला अन्तर्गत मंगलबार मेलास्थलमा प्रवेश गरेकामध्ये गोलाप्रथाद्धारा रु ३५ तर्फको ४११०नम्बरको टिकटलाई सामसुङ मोवाइल सेट उपहार प्राप्त भएको टिकट ब्यवस्थापन उपसमितिका संयोजक अमितराज मुल्मीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: