बलले लागेर ज्यान गुमाएका ह्युजलाई अष्ट्रेलियाको यस्तो सम्मान

Share:

काठमाडौं, मंसिर १३ / अष्ट्रेलियाका क्रिकेट खेलाडीले अब एक दिवसीय क्रिकेटमा ६४ नम्बरको जर्सी कहिल्यै नलगाउने भएका छन्। बलले लागेर निधन भएका अष्ट्रेलियन ओपनर फिलिप ह्यूजले ६४ नम्बर अंकित जर्सी लगाउने गर्थे। उनीप्रति शोक जनाउँदै अष्ट्रेलियाले उनले लगाउने गरेको ६४ नम्बरको जर्सी अब कहिलै प्रयोग नगर्ने निर्णय गरेको हो।

philip hdge

२५ वर्षीय ह्यूजको बलले लागेर गम्भीर घाइते भइ अस्पतालमा उपचारका क्रममा रहेकै बेला बिहीबार मृत्यु भएको थियो। ‘मैंले क्रिकेट अष्ट्रेलियालाई एक दिवसीय क्रिकेटको ६४ नम्बरको जर्सीलाई हटाउन आग्रह गरें’ अष्ट्रेलियाली क्रिकेट टिमका कप्तान माइकल क्लार्कले भने ‘जसमा क्रिकेट अष्ट्रेलियका अधिकारीहरु सहमत भए।’

ह्यूजको आगामी बुधबार अन्त्येष्टि गरिने छ। अष्ट्रेलियाको घरेलु क्रिकेट श्रृंखला शेफिल्ड शिल्डमा न्यू साउथ वेल्स र साउथ अष्ट्रेलियाबीचको ४ दिवसीय खेलको पहिलो दिन बलर सिन एबोट्टले फ्याकेको बलले उनी गम्भीर घाइते भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: