
काठमाडौं, मंसिर १५ । १९औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता पौष १६ गतेदेखि बुटवलमा हुने भएको छ । रुपन्देही जिल्ला भलिबल संघले काठमाडौंमा सोमबार एक कार्यक्रम गरी प्रतियोगिताको तिथि तोकेको हो ।
नेपाल भलिबल संघको कार्यक्रमअनुसार हुने प्रतियोगितामा पाँचै विकास क्षेत्रसहित दुई विभागिय टोली नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा विश्वविद्यालयको गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि रुपन्देही उद्योग वाणिज्य संघले एक लाख ६० हजार तथा नेपाल भलिबल संघले एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नेछन् ।
झन्डै १२ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी खर्च आफ्नै स्रोतबाट जुटाउने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

