पोखरा विश्वविद्यालयमा नयाँ पदाधिकारी नियुक्ति, सबैले कार्यभार सम्हाले

Share:

गोकुल बानियाँ पोखरा १६ मंसिर । पोखरा विश्वबिद्यालयमा बरिष्ठताको आधारमा नयाँ पदाधिकारी नियुक्त भएका छन् । पहिलो नियुक्ती बिबादमा परेपछि बिश्वविद्यालयका कामु उपकुलपति प्रा. डा. बिष्णुराज तिवारीले नयाँ पदाधिकारी चयन गरेका हुन् ।

पाच पदाधिकारी नियुक्त गरिएकोमा चार जना पुरानै छन् । तर जिम्मेवारी भने हेरफेर गरिएको छ । बरिष्ठताको आधारमा मंगलवार रजिष्टारमा सह प्राध्यापक डा. दिपक बहादुर भण्डारी नियुक्त भएका छन् । त्यस्तै यसअघि नियुक्तीको बिरोधमा आमरण अनसन बसेका सहप्राध्यापक डा. गोबिन्द लामिछाने बिज्ञान तथा प्रबिधि संकायको डिन नियुक्त भएका छन् । puउपकुलपति तिवारीले  बिग एफएमलाई दिएको जानकारी अनुसार मानविकी संकायको डिनमा अजय थापा, ब्यबस्थापन संकायको डिनमा राजेश कुमार ठकुराठी र परिक्षा नियन्त्रकमा सहप्राध्यापक डा. निर्मला जमरकट्टेल नियुक्त भएका छन् ।

यसअघिको नियुक्ती बिरोधमा परेपनि नयाँ नियुक्त भएका पदाधिकारी एक जना मात्रै नयाँ अनुहारका छन् । अन्य सबै पुरानै अनुहारका हुन् । अहिले रजिष्टारमा नियुक्त भएका दिपक भण्डारी यसअघि ब्यबस्थापन संकायको डिनमा नियुक्त भएका थिए । त्यस्तै यसअघि रजिष्टारमा नियुक्त भएका राजेश ठकुराठीले अहिले ब्यबस्थापन संकायको डिनमा जिम्मेवारी सम्हालेका छन् ।

परिक्षा नियन्त्रकमा नियुक्त जमरकट्टेल बिज्ञान तथा प्रबिधि संकायका डीन नियुक्त भएकी थिईन् । यसअघि मानविकी संकायको डिनमा नियुक्त अजय थापाले भने पहिले दिएकै जिम्मेवारी सम्हाल्ने मौका पाएका छन् । यसअघि परिक्षा नियन्त्रकमा नियुक्त अनुप आचार्यलाई भने हटाईएको छ ।
विश्वबिद्यालय ऐन नियम बिपरित बरिष्ठता मिचेर पदाधिकारी चुनिएको भन्दै अहिले बिज्ञान तथा प्रबिधि संकायको डिमा नियुक्त लामिछाने आमरण अनसनमा बसेपछि यसअघिका सबै पदाधिकारीले राजिनामा दिएका थिए ।

नवनियुक्त पाचै जना पदाधिकारीले मंगलवारदेखिनै पदभार ग्रहण गरेका छन् ।  बरिष्ठताको आधारमा सबैको सहमतिमा पदाधिकारी चयन गरिएकाले अब भने सहज रुपमा विश्वबिद्यालयका नियमित काम कारबाही सुरु हुने उपकुलपति तिवारीले बिग न्यूजलाई बताए ।  विश्वबिद्यालयका २४ पदाधिकारी भ्रष्टाचारको अभियोगमा अख्तियारको निलम्बनमा परेपछि उपकुलपतिमा नियुक्त भएका तिवारीले पहिलो पटक चयन गरेका पदाधिकारी बिबादमा परेपछि पुन नियुक्त गर्नुपरेको हो।

कमेन्ट गर्नुहोस्
Share: