६१ नगरपालिका थप, पोखरा उपमनपामा १० गाविस तथा लेखनाथमा एक गाभिए

362
0
Share:

बिग न्युज पोखरा, १६ मंसीर / नेपालमा ६१ वटा नगरपालिका थपिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ६१ नगरपालिका थप गर्ने निर्णय गरेको हो । यससँगै नगरपालिकाको संख्या १९१ पुगेको छ । सरकारले एक बर्षअघि ५८ नगरपालिका रहेकोमा ७२ नगरपालिका थप गरेको थियो ।

एमालेका युवा नेता रविन्द्र अधिकारीका अनुसार पोखरा उपमहानगरापालिका कार्यालयमा १० गाविस गाभिएका छन् । लामाचौर, भलाम, काहुँ, आर्वाविजय, निर्मलपोखरी, कृष्ति, पुम्दीभुम्दी, सराङकोट, हेम्जा र अर्मला गाविस गाभिएको बतार्एको छ । लेखनाथ नगरपालिकामा भरतपोखरी गाविस गाभिएको छ । लमजुङमा सुन्दर बजार, गोरखामा पालुङटार नगरपालिका थपिएको छ । थपिएका नगरपालिकामा काठमाडौंमा १० वटा छन् भने भक्तपुरमा ४ र ललितपुरमा तीन छन् ।

pkr11-617x344

५ वटा अस्वीकृत

मन्त्रिपरिषद्मा प्रस्तावित ६६ नगरपालिकामध्ये ६१ नगरपालिका थप गरिएको हो । पाँच वटा अस्वीकृत भएका छन् । स्याङ्जाको गल्याङ, तनहुँको भिमादरिसिङ र भानु, ललितपुरको बज्रबाराही तथा बर्दियाको बबै भने अस्वीकृत भएका छन् ।

७ उपमहानगरपालिका थप्ने तयारी 

सरकारले सात उपमहानगरपालिका थप्ने तयारी गरेको छ । हाल पोखरा, ललितपुर, बिराटनगर र  वीरगञ्ज  गरी चार उपमहानगरपालिका छन् । स्थानीय विकास मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार इटहरी, धरान, जनकपुर, हेटौंडा, भरतपुर, बटाैली र  नेपालगञ्जलार्इ उपमहानगरपालिका बनाउने तयारी छ ।

 

कमेन्ट गर्नुहोस्
Share: