डिभिजन टुको तयारीका लागि नेपाली क्रिकेट टीम दक्षिण अफ्रिका जाने खेलाडीलाई आचार संहिता, डिभिजन थ्री विकेटलाई ५० हजार पुरस्कार

Share:

१८ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टुको तयारीका लागि नेपाली टोलीलाई दक्षिण अफि्रका पठाउने भएको छ ।क्यानको कार्यसम्पादन समितिको बैठकले प्रतियोगिताको तयारीका लागि टोलीलाई १० दिने अफ्रिका भ्रमणमा पठाउने निर्णय गरेको हो ।

nepal-cricket-newwww-2011640

प्रशिक्षक पुवुदु दशानायकले दक्षिण अफ्रिकामा १० दिन अभ्यास गरेर सिधै नामिविया जाने प्रस्ताव क्यानमा पेश गरेका थिए । क्यानका चिफ अपरेटिङ अफिसर छुम्बी लामाका अनुुसार नेपाली टोली जनवरी ३ मा नेपालबाट दक्षिण अफ्रिका जानेछ । १० दिनपछि जनवरी १३ मा नामाविया पुग्नेछ ।

डिभिजन टु जनवरी १७ बाट नामिवियामा हुनेछ । आईसीसीले सबै टीमलाई जनवरी १५ अघि पुग्न भनेको छ । दक्षिण अफ्रिका जानुअघि नेपाली टोली छनोटका लागि डिसेम्बर १५ बाट बन्द प्रशिक्षण सुरु हुनेछ ।

क्यानले विनोद दासलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । फिजिओमा दिनेश भट्ट र टेक्निकल एनालिस्टमा रमण शिवाकोटी नियुक्त भएका छन् । क्यानले नौं वटै क्षेत्रमा डेभलोपमेन्ट अफिसर नियुक्त गर्ने निर्णय गरेको छ । उनीहरुले मासिक ५ हजार भत्ता पाउने छन् ।

खेलाडीलाई आचार संहिता

क्यानले नेपाली टीममा १८ जना खेलाडीलाई एक वर्षका लागि अनुवन्धन गर्ने र आचार संहिता लागू गर्ने निर्णय गरेको छ । आचार संहित लगभग तयार भएको छ । प्रशिक्षक पुवुदुले खेलाडीहरुको नाम दिएपछि अनुवन्धन प्रक्रिया सुरु हुनेछ ।

५० हजार पुरस्कार

क्यानले डिभिजन थ्री विजेता टीमका सदस्यहरुलाई जनही ५० हजार नगद पुरस्कार दिने निर्णय समेत गरेको छ ।

मलेसियामा भएको डिभिजन थ्रीमा युगाण्डालाई पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको थियो । डिभिजन थ्री विजेता टीमलाई सरकारले पनि पुरस्कार दिने बताएको थियो । तर, अहिलेसम्म कुनै निर्णय भएको छ ।

५ करोड बजेट स्वीकृत

क्यानका चिफ अपरेटिङ अफिसर छुम्बी लामाका अनुसार एसिया कप ग्रान्ट कार्यक्रम अन्तरगत क्यानले ५ करोड ३६ लाख बजेट एसीसीबाट पाएको छ । यो रकम मुलपानीका साथै भैरहवा र पोखरामा क्रिकेट मैदान निर्माणमा खर्च गरिनेछ ।

यस्तै २० जिल्लामा क्रिकेट विच निर्माण तथा नेट लगायतमा खर्च गरिनेछ ।

कमेन्ट गर्नुहोस्
Share: