चीनले शून्य भन्सार सुविधा दिने

255
0
Share:

२० मंसिर, काठमाडौं
चिनियाँ सरकारले थप २ सय ४३ नेपाली वस्तुहरुलाई शून्य भन्सार सुविधा दिने भएको छ । योसँगै शून्य भन्सार दरमा नेपालबाट चीन निर्यात हुने नेपाली वस्तुहरुको संख्या ८ हजार ३० पुगेको छ ।
सन् २०१२ देखि ७ हजार ७ सय ८७ वस्तुहरुले यो सुविधा पाएका थिए । नेपालबाट निर्यात हुने वस्तुहरु मध्ये ९७ प्रतिशत यो सुविधाबाट लाभान्वित हुनेछन् । नेपाली ८ हजार ३० वस्तुहरुलाई शून्य भन्सार सुविधा दिने विषयमा हिजो वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइबीच लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो ।
यो व्यवस्था सन् २०१५ डिसेम्बरभित्र कार्यान्वयनमा ल्याउने सहमति पनि दुई देशबीच भएको छ । नेपाल–चीनबीच बढ्दो व्यापार घाटा कम गराउन यसले भूमिका खेल्नेछ । चीनले सन् २००७ मा ४ हजार ७ सय २१ ओटा वस्तुहरुलाई यस्तो सुविधा दिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: