एन्फालाई २ हजार डलर जरिवाना

Share:

२० मंसिर, काठमाडौं
एसियाली फुटवल महासंघ (एएफसी) ले १६ वर्षमुनिको एएफसी च्याम्पियनसीपमा बढी उमेरका खेलाडी खेलाएको भन्दै नेपाललाई २ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
गएको सेप्टेम्बरमा थाइल्याण्डमा भएको प्रतियोगितामा उज्बेकिस्तान र उत्तर कोरिया विरुद्धको खेलमा बढी उमेरको खेलाडी खेलाएर एएफसीको अनुशासन संहिता उलंघन गरेको भन्दै एएफसीले जरिवाना गरेको गोल नेपालले जनाएको छ । तर एएफसीले बढी उमेर भएको खेलाडीको नाम भने उल्लेख गरेको छैन ।
एएफसीले नेपालले अनुशासन संहिताको धारा २२।२ को उल्लंघन गरेकाले जरिवाना गरेको बताएको छ । उसले अखिल नेपाल फुटवल संघ एन्फालाई ३० दिनभित्र जरिबाना रकम तिर्न निर्देशन दिएको छ ।
कारबाहीका कारण ७ सेप्टेम्बरमा नेपालले उज्वेकिस्तान र ११ सेप्टेम्बरमा उत्तर कोरियासँग खेलेको खेलको नतिजा पनि उल्टिएको छ । एएफसीले दुबै खेल नेपालले ३–० ले पराजित भएको फैसला सुनाएको छ । प्रतियोगितामा नेपालले उज्बेकिस्तानलाई १–१ को बराबरीमा रोकेको थियो भने उत्तर कोरियासँग ४–१ ले पराजित भएको थियो ।
एएफसीले आउँदा दिनमा यस्ता गल्ती दोर्होयाएमा कारवाही थप कारबाही गर्ने बताएको छ । गएको सेप्टेम्बरमा थाइल्याण्डमा भएको प्रतियोगितामा नेपालको यु १६ टिम क्वार्टर फाइनलसम्म पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: