
काठमाडौं २२ मंसिर । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र घोषणा दिवसको पारेर अवसर पारेर संविधान जारी गर्नुपर्ने प्रस्ताव गरेका छन् । माघ ८ मा संविधान सम्भव नभएको आन्तरिक निस्कर्ष दलहरुले निकालीसकेकाले जेठ १५ लाई अवसर मानेर संविधान जारीगर्नुपर्ने उनले बताए । यादवले अब जेठ १५ लाई नयाँ मिति र अवसर मानेर संविधान जारी गर्न लाग्नुपर्ने बताए ।
‘दलहरुले आन्तरिक रुपमा माघ ८ मा संविधान नआउने निस्कर्ष निकालीसकेका छन’ यादवले भने ‘अब जेठ १५ मा संविधान जारीगर्ने गरि अघि बढ्नुपर्छ मैले अबका बैठकमा त्यसलाई एजेण्डाका रुपमा पेश गर्नेछु । ’ ८ माघमा होइन, १५ जेठ गणतन्त्र घोषणाको दिनलाई संविधान दिवस मनाउन सकिने गरी २०७२ को प्रारम्भमा संविधान ल्याउनसके एउटा ऐतिहासिक काम पनि हुने यादवले तर्क गरे ।
एक्लै पहिचान बनाउँदै
संसिवधानसभाको राजनीतिक सम्वाद तथा सहमति समितिमा पार्टीका तर्फबाट धारणा पेश गरेको यादवले एक्लो पहिचान स्थापित गर्ने रणनीति बनाएका छन् । मधेसी मोर्चाबाट समेत अलग बसेको उनी एमाओवादी नेतृत्वको मोर्चाबाट समेत निस्कृय बसेका छन् ।
मधेसी मोर्चामा रहेकाअरु दलले संविधानसभालाई हतियार बनाएर सरकार जाने बाटो खोजेको उनको आरोप छ । मधेसीहरु सरकारका लागि लोभी छन् भन्ने स्थापित गर्न खोजेकाले आफु अलग बसेको उनले दावी गरे ।
News source : reportersnepal.com

