नाइकेको ब्यापार उत्साहाजनक, हाउसफुल हुदा टिकट नपाएर दर्शक निराश

Share:

काठमाण्डौ, २२ मङ्सिर / मङ्सिर १९ गते बाट प्रदर्शन आरम्भ भएको एक्सनप्याक चलचित्र “नाईके”ले राजधानी लगायत देशभरका सिनेघरहरुमा हाउसफुल व्यापार गरी रहेको छ | ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘नाईके’राजधानीका मल्टिप्लेक्सबाट बाहिरिएपनि सिंगल थियटरमा दर्शकहरुको उत्साहजनक उपस्थितिले सोचेभन्दा राम्रो प्रदर्शन भैरहेको चलचित्र युनिटले जानकारी दिएको छ |

Naike

नेपाली रजतपटमा ‘लभरबोय’को छबि बनाएका अभिनेता आर्यन सिग्देल उक्त छबि परिबर्तन गर्दै पहिलो पटक देखा परेको एक्सन लुक्सलाई दर्शकले औधी मन पराई रहेका छन् | आफ्नो भर्सटाईलिटि प्रमाणित गर्दै आर्यनले आफु जुनसुकै क्यारेक्टरमा पनि फिट हुन सक्ने देखाएका छन् | प्रदर्शन अगावै चर्चामा रहेको चलचित्र देशभरका अधिकांस सिनेघरहरुमा हाउसफुल प्रदर्शन भइरहेको छ | यसैबीच,शनिबार र आइतबार राजधानीको गोपीकृष्ण हलबाट सयौको संख्यामा ‘नाईके’को टिकट नपाएर दर्शकहरु निराशाका साथ बाहिरिएका छन् | एक्स्ट्रा शो समेत थप गर्दा दर्शकको उपस्थिति घटेको छैन |

आर्यनसंगै सुर्बिना कार्की,रेम बिक,बोधराज रेग्मी,सारिका केसी,विजयराज सेन्चुरी,सुरज आरडी,राजु कमेडी लगायतको अभिनय रहेको चलचित्रलाई बिष्णु हमालको कार्यकारी निर्माणमा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्रीले निर्माण सहयोग गरेका छन् | सानुकुमार महर्जनको द्वन्द निर्देशनमा रोशन लामिछानेको सम्पादन र सत्यराज चौलागाईंको मुख्य सहायक निर्देशनमा बनेको चलचित्रलाई अर्जुन तिवारीले खिचेका हुन् ।

“नाम किन चाहियो पहिचान काफी छ” सोहि पहिचानका साथ आफ्नो पारिवारिक बदलाका बीच समाजका कसिंगरलाई नाश गर्न जन्मने समाजको हिरो ‘नाईके’(आर्यन) र उसको रोमान्चक प्रेमलाई निकैनै प्रस्फुठित रुपमा प्रस्तुत गरिएको सांगीतिक,एक्सन प्रधान चलचित्र ‘नाईके’को समग्र कथावस्तुले दर्शकको मनछुन सफल भएको छ | ‘नाईके’ प्रदर्शन पश्च्यात सिनेबजारमा आर्यनको चर्चा थप चुलिएको छ |

कमेन्ट गर्नुहोस्
Share: