घुरेर हेरेको भन्दै हजुरआमाको हत्या

294
0
Share:
मंसिर २२, काठमाडौं । काठमाडौंको विजयश्वरीमा ८६ बर्षीया बृद्धाको उनकै नातिले घाँटी रेटेर हत्या गरेका छन् । काभ्रे चापापोखरीबाट ४ दिन अघि कान्छी छोरीको घरमा बस्न आएकी दामु तामाङलाई उनको १८ बर्षीय नाति छिरिङ तामाङले हत्या गरेका हुन् । हजुर आमाले घुरेर हेर्ने गरेकाले हत्या गरेको बयान छिरिङले प्रहरसमक्ष दिएका छन् ।

murdered

स्थानीयका अनुसार हजुरआमाको हत्या गरेपछि छिरिङ घरको मुलढोकामा बसीरहेका थिए । उनले हातमा हजुरआमाको काटिएको टाउको बोकेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले छिरिङलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: