सरकार परिवर्तन होइन विस्तारको तयारी होः ओली/ एमाले बैठक स्थगित, संविधानमा केन्द्रित हुन अध्यक्ष ओलीको आग्रह

291
0
Share:
काठमाडौं, मंसिर २२/ नेकपा (एमाले)को केन्द्रीय कमिटीको आजको बैठक केहीबेर बसेर यही मङ्सिर २४ गतेसम्मका लागि स्थगन गरिएको छ।
 kp oli
बैठकको अध्यक्षता गर्दै अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा दलहरुबीचको छलफललाई प्राथमिकता दिनुपर्ने भएकाले बैठक स्थगन गरेको बताए।
अध्यक्ष ओलीले एमालेलाई जनताले विश्वास गरेर समयमै संविधान बनाउन निर्णायक भूमिका निर्वाह गर्न जिम्मेवारी दिएकाले त्यसमा केन्द्रित हुन आह्वान गरेको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन्।
झाँक्रीका अनुसुार अध्यक्ष ओलीले पार्टीहरुबीच सहमतिका लागि अधिकतम प्रयास गर्ने भन्दै नयाँ संविधानविनाको राज्यको परिकल्पना गर्न नसकिने धारणा राखे।
यस्तै, अध्यक्ष ओलीले पार्टीले वर्तमान सरकारको परिवर्तन नभई विस्तारका लागि प्रयास अघि बढाइरहेको अवगत गराएका थिए।
पार्टीको नवौं महाधिवेशनपछि स्थायी कमिटी, पोलिटब्युरो चयन, जिम्मेवारी बाँडफाँडलगायतका विषयमा निर्णय नगरी यसअघि बैठक पटकपटक स्थगित भएको थियो।
संविधान निर्माणमा पार्टीलाई केन्द्रित गर्ने भन्दै एक महिनाअघि तेस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक स्थगित भएको थियो। आजको बैठकमा पनि समसामयिक राजनीतिक स्थिति, संविधान निर्माणबारे भएका वार्ता र जिम्मेवारी बाँडफाँडका विषयमा छलफल हुने कार्यक्रम थियो। रासस
कमेन्ट गर्नुहोस्
Share: