सिरियामा भएको सरकारी आक्रमणमा तीन पत्रकार मारिए

Share:

मंसिर २५ / विगत तीन वर्षदेखि आन्तरिक द्वन्दमा फसेको सिरियाको दक्षिण पश्चिमी प्रान्तमा सरकारी र  बिद्रोही पक्षको  भिडन्तको रिपोर्ट गरिरहेका तीन जना पत्रकारहरु सरकारी पक्षको मिसाईल आक्रमणमा परी मारिएका छन्।

मृत्यु हुने पत्रकारहरुमा ओरिएन्ट न्युज च्यानलका सलिम खालील, रमि आश्मी र युसुफ ए डाउस रहेको खबर वीवीसीले प्राप्त रिपोर्टहरुलाई उधृत गर्दै जनाएको छ । उनीहरु आफ्नै बाहनमा यात्रा गरिरहेका बेला मिसाईल आक्रमण भएको बताईएको छ।

उनीहरु टेलिभिजन रिपोर्टिङको लागि बिद्रोही लडाकुहरुले सरकारी सैन्यहरुलाई  जित्दै अगाडि बढिरहेको क्षेत्रतर्फ़ जाँदै गर्दा आक्रमणमा परेका थिए ।

उनीहरु सम्बद्द न्युज च्यानलले उनीहरुलाई पत्रकारितामा कार्यरत हुँदाहुँदै सरकारी निशाना बनाईएको भन्दै शब्दको लागि शहिद बनेको बताएको छ। करिब दुई मिटर लामो स्याटेलाइट डिस्कसहित गुडेको बाहन सजिलै प्रेससँग सम्बन्धित रहेको छुट्याउन सकिने समेत रिपोर्टमा उल्लेख गरिएको छ।

विगत तीन वर्षमा सिरियामा मात्रै ७० जनाभन्दा बढी पत्रकार मारिएका छन्। एउटै घटनामा तीन तीन जना पत्रकार मारिएको घटनालाई पत्रकार रक्षार्थ गठित अन्तर्राष्ट्रिय कमिटीले पत्रकारिता जगतको भयानक क्षति भन्दै भ्रत्सना गरेको छ।

विगत चौध वर्षदेखि एकल राज गरिरहेका सिरियाका राष्ट्रपति बसार अल आसादको बिरुद्दमा स्वतन्त्रता पक्षधरहरुबाट राज्य बिरुद्द छेडिएको युद्दको क्रममा  सिरियामा झन्डै एक लाख मानिसको मृत्यु भई सकेको छ भने दशौ लाख शरणार्थी बनेर घर छोड्न बाध्य भएका छन्। कुनै बेला मध्य पूर्व मै शक्तिशाली मानिने सिरियामा गृहयुद्द चर्किदै जाँदा अनियन्त्रित बन्दै गएको द्वन्दमा पत्रकारहरु पनि यसको चपेटामा पर्ने गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: