यस्ता निर्णय गर्‍यो मन्त्रिपरिषदले

264
0
Share:

काठमाडौ मंसिर २५ / सरकारले यातायात क्षेत्र सुधारका लागि समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले यातायात मन्त्रालयका सचिब, नेपाल प्रहरीका एआइजी, कानुन मन्त्रालयका सहसचिब, गृहमन्त्रालयका सहसचिब तथा यातायात विभागका महानिर्देशकलगायतको समिति गठन गरेको हो।

समितिले १५ दिनभित्र ३ चरणमा प्रतिवेदन बुझाउने छ। सुरुमा तत्काल कार्यान्वयन गर्नेुपर्ने विषयहरू, सातदिनभित्रमा सुधार गर्नुपर्ने विषयहरू अनि १५ दिनभित्रमा दुर्घटना न्यूनिकरण तथा यातायात क्षेत्र सुधारका लागि दीर्घकालिन योजना समेटिएको प्रतिवेदन समितिले मन्त्रिपरिषदमा बुझाउनेछ।देशभरि दुर्घटना बढ्दै जाँदा सरकारले यस्तो निर्णय गरेको हो।

timthumb.phpत्यस्तै सरकारले सवारी चालक अनुमतिपत्रका लागि विद्यमान प्रावधानहरू परिमार्जन गरी कडा बनाउने निर्णय पनि गरेको छ।बैठकपछि कानुनमन्त्री नरहरि आचार्यका अनुसार मन्त्रीपरिषदको बैठकले संस्कृतिविद सत्यमोहन जोशीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने पनि निर्णय गरेको छ।

त्यस्तै बैठकले दुग्धविकास संस्थानमा गंगा तिमिल्सीना, राष्ट्रिय विउबिजन विभागको महाप्रवन्धकमा धर्मराज अधिकारी तथा कृषि सामग्रीमा अमरराज खयरलाई नियुक्त गरेको छ।बैठकले उखुलाई राष्ट्रिय बालीका रुपमा घोषणा गर्दै उखु खेतीलाई अझै विस्तार तथा सुधार गर्ने निर्णय पनि गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: