प्रधानमन्त्री कोइरालाले भनेः स्व.खड्काको बारेमा मलाई मिस कम्यूनिकेशन भयो

416
0
Share:

काठमाडाैं मंसिर २६ / प्रधानमन्त्री सुशील कोइरालाले बाग्लुङ क्षेत्र नं.१बाट निर्वाचित सभासद हरिबहादुर खड्काको जीप दुर्घटनापछि उद्धारको विषयमा आफूलाई सही सूचना नहुँदा उनको निधन भएको बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकको समापन गर्नुअघि शुक्रबार बालुवाटारमा बोल्दै पार्टी सभापति एवम् प्रधानमन्त्री कोइरालाले आफूलाई खड्काको अवस्थाको बारेमा त्यहाँ उपस्थित व्यक्तिले गलत सूचना दिएको बताए।

‘बाग्लुङमा आयोजना गरिएको कार्यक्रममा जाँदा सभासद खड्काको जीप दुर्घटना भयो, उहाँलाई उपचारका लागि पोखरासम्म पुर्‍याउन हेलिकप्टर चाहियो भनेपछि मैले हुन्छ भनी पठाईदिएँ’, कोइरालालाई उद्धृत गर्दै सहमहामन्त्री पूर्णबहादुर खड्काले भने।

timthumb.php‘साथीहरुले उहाँलाई पोखरासम्म उपचारका लागि लैजानुपर्यो भनेपछि मैले पनि सोचें उहाँलाई पोखरामा नै उपचार गरे हुन्छ होला तर, उहाँको अवस्था गम्भिर भएकोले काठमाडौं ल्याउनुपर्ने कुरा मलाई कसैले भनेन’ कोइरालाले बैठकमा भनेका थिए‘साथीले जे भने मैले त्यही गरेँ तर, मलाई मिस्कम्यूनिकेसन भयो।’

खड्काको स्थिति गम्भिर भएपनि त्यहाँ उपस्थित जिल्लास्तरीय पार्टीकै सदस्यहरूले आफूलाई सही जानकारी नदिँदा र समयमै उपचारका लागि काठमाडौं ल्याउन नसक्दा उनको निधन उनले बताए। यसले खड्काको परिवारलाई मात्र नभएर आफूलाई र सिंगो पार्टी संगठनलाई पनि गम्भिर क्षति पुर्‍याएकाे भन्दै काेइरालाले दु:ख व्यक्त गरेका थिए।

बिहीबारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले खड्काको उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याउन प्रधानमन्त्री कोइरालाले हेलिकप्टर उपलब्ध नगराईदिँदा खड्काको निधन भएको भन्ने आरोपका विषयमा उनीसँग स्पष्टीकरण माग गरेका थिए।

पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बैठकको बारेमा जानकारी दिँदै प्रधानमन्त्री कोइरालाले स्वर्गीय खड्काको दुर्घटना, उपचारमा भएको ढिलाई कुन परिस्थितिमा कसरी भयो? भन्नेबारे छानविनका लागि सरकार र पार्टीले गठन गरेका छानविन समितिको प्रतिवेदन आएपछि सत्यतथ्य बाहिर आउने धारणा पनि राखेका थिए।

आफैसँग कार्यक्रमा सहभागी हुन जाँदा गतहप्ता बाग्लुङमा भएको जीप दुर्घटनामा परी सख्त घाइते भएका खड्कालाई समयमै उद्धार गरी काठमाडौं उपचारका लागि पठाउन प्रधानमन्त्री कोइरालाले हेलिकप्टर व्यवस्था नगरी उनलाई पोखरा विमानस्थलमा दुईघण्टा अलपत्र छाडिदिएको आरोप खड्काका परिवारजनले लगाउँदै आएका छन्।

उपचारमा संलग्न चिकित्सकहरूले पनि खड्कालाई दुर्घटना हुनासाथ काठमाडौं उपचारका लागि नल्याई पोखरामा दुईघण्टा राखिदिँदा उपचार सफल हुन नसकेको सञ्चार माध्यमलाई बताएका थिए।
विष्णु बुढाथाेकी/Setopati.com

कमेन्ट गर्नुहोस्
Share: