ईक्यान कास्कीको अध्यक्षमा भण्डारीको ह्याट्रिक

Share:

पोखरा २७ मंसिर । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको अध्यक्षमा पुन महेश भण्डारी सर्बसम्मत चयन भएका छन् । अध्यक्षको तेस्रो कार्यकालको लागि पनि उनि पुन सर्बसम्मत भएका हुन् ।

10349959_829414953766510_801611480191333800_n

शुक्रवार अबेर सम्पन्न तेस्रो बार्षिक साधारणसभाले  बिग एफएमका अध्यक्ष समेत रहेका भण्डारीको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति र दुई सदस्यिय सल्लाहकार सर्बसम्मत चयन गरेको हो । जस अनुसार उपाध्यक्षमा मिलन तिवारी, सचिबमा सन्दिप अर्याल, कोषाध्यक्षमा प्रदिप पोखरेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा ओम प्रकाश गैह्रे, रुद्र प्रसाद अर्याल, भुबन बहादुर क्षेत्री, कुलराज बराल, बिमल मणी भण्डारी तथा सल्लाहकामा डिबी गुरुङ र रमेश कुमार थापा सर्बसम्मत चयन भएका छन् । नवनिर्बाचित कार्यसमितिको कार्यकाल दुई बर्षको हुनेछ ।

निर्बाचन समितिका संयोजक ज्वती अधिकारीले नवनिर्बाचित पदाधिकारीको नाम घोषणा गरेका थिए । नवनिर्बाचित पदाधिकारीलाई पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापा, ईक्यानका केन्द्रिय अध्यक्ष राजेन्द्र बराल लगायतले बधाई तथा शुभकामना दिएका थिए । अध्यक्ष पदमा ह्याट्रिक गरेका भण्डारीले संस्थामा ब्यबशायिक एकता कायम राख्नु आफ्नो पहिलो प्रथामिकता भएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: