
काठमाडौं, मंसिर २७ । क्रिश्चियहरुका धर्मगुरु पोप फ्रान्सिसले तिब्बतका निर्वासित आध्यामिक नेता दलाई लामासँग भेट्न अस्वीकार गरेका छन् । ‘भ्याटिकन’ले चीनसँगको सम्बन्ध संवेदनशील अवस्थामा रहेकाले पोपले भेट्न अस्वीकार गरेको जनाएको छ ।
नोबेल शान्ति पुरस्कार विजेताहरुसँग भेट्न इटालीको रोम पुगेका नोबेल शान्ति पुरस्कार विजेता समेत रहेका दलाई लामाले पोप फ्रान्सिसलाई भेट्न इच्छा व्यक्त गरेका थिए । तर, पोपले अस्वीकार गरेपछि दलाई लामाले निराशा व्यक्त गर्दै आफू कसैको असुविधाको कारण बन्न नचाहेको प्रतिक्रिया दिएका छन् ।
चीनले दलाई लामालाई पृथकतावादी नेताको रुपमा हेर्दै आएको छ । सन् १९५९ मा चिनियाँ सेनाले तिब्बतमा चीन विरोधीहरुमाथि दमन गरेपछि दलाई लामा तिब्बतबाट भागेर भारतमा शरण लिन पुगेका थिए ।

